ललितपुरमा माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु

ललितपुर, पुस १६ –
ललितपुरमा माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

सोमबार साँझ ललितपुर महानगरपालिका-१८ मगरगाउँस्थित सडकमा बा.२ ख ३१०२ नम्बरको माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।

रामेछाप मन्थली नगरपालिका-७ घर भई मगरगाउँ बस्दै आएकी ३५ वर्षीया गोमा मगर मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको हो।

उक्र माइक्रोले रोकी राखेको बा.७ च ५९८७ नम्बरको बोलेरो गाडी र पैदलयात्रीलाई समेतलाई ठक्कर दिएर दुर्घटना भएको थियो। माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *