काठमाडौं, १२ साउन – नेपाल सांस्कृतिक संघले आयोजना गरेको स्रष्टा सम्मान कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सुरत रावत (डोटेली कान्छा) सहित सातै प्रदेशका विभिन्न स्रष्टा सम्मानित भएका छन् । बिहीबार बालुवाटारमा आयोजित एक समारोहबीच कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्रष्टालाई सम्मानित…
काठमाडौं ,साउन १२ – राष्ट्रियसभाको बैठकमा खानेपानी तथा सरसफाइ विधेयक २०७९ सर्वसम्मतिले पारित भएको छ । प्रतिनिधिसभाबाट सन्देशसहित विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको उक्त विधेयक खानेपानीमन्त्री उमाकान्त चौधरीले पारित गरियोस् भनी बिहीबार बैठकमा प्रस्तुत गरेका थिए । उक्त विधेयकमाथिको छलफलमा सांसद…
काठमाडौं, १२ साउन – झापाको भद्रपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । भद्रपुर नगरपालिका-७ का ४० वर्षका भोटलाल गणेश राजवंशीको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । भद्रपुर नगरपालिका-४ आमडाँडीमा रहेको इलाम टी…
काठमाडौं, १२ साउन – गायक शिव परियारको स्वरमा रहेको रक मेलोडीको गीत ‘रिमझिम यादहरू’ सार्वजनिक गरिएको छ । आधुनिक, शास्त्रीय तथा गजल गायनमा पोख्त रहेका गायक परियारको पहिलो रक मेलोडीको गीत ‘रिमझिम’ सार्वजनिक गरिएको हो । दुई दशकभन्दा लामो समयदेखि…
चितवन, साउन १२ भरतपुर अस्पतालमा लापरबाहीका कारण शिशुको मृत्यु भएको भन्दै डाक्टर र नर्सलाई बिरामीका आफन्तले कार्यकक्षमै थुनिदिएका छन् । भरतपुर महानगरपालिका–१५ का एक बालकको उपचार क्रममा लापरवाहीबाट मृत्यु भएको आरोपमा शिशु वार्डका डाक्टर, नर्स र पारामेडिक्स गरी १२ जनालाई…
डडेल्धुरा, १२ साउन – प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौं ?’ भन्दै पाँच वर्षअघि प्रश्न गरेका सागर ढकाल आगामी निर्वाचनमा देउवासँगै चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् । पाँच वर्षअघि बीबीसीको साझा सवाल कार्यक्रममा देउवालाई प्रश्न सोधेर…
– कुलप्रसाद काफ्ले चितवन, १२ साउन जिल्ला समन्वय समिति चितवनको जग्गा हडपेर भवन निर्माण गरेको मुद्दामा चितवन जिल्ला अदालतले तत्काल निर्माण कार्य रोक्न अन्तरिम आदेश दिएको छ । माओवादी केन्द्र निकटको नेपाल राष्ट्रिय कर्मचारी संगठन चितवनले जिससको जग्गा हडपेर भवन…
काठमाडौं, १२ साउन – दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू दुई दिने नेपाल भ्रमणको सिलसिलामा काठमाडौं आइपुगेका छन् । काठमाडौंस्थित अमेरिकी दूतावासले केही समयअघि मात्र उनी काठमाडौं आइपुगेको जनाएको हो । ‘यो पटकको भ्रमणका अवसरमा वहाँले…
काठमाडौं, १२ साउन – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गराएका छन् । जनता समाजवादी पार्टीबाट अलग भएका भट्टराईले नयाँ पार्टी दर्ता गरेका हुन् । भट्टराईले २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ मा…
काठमाडौं, साउन १२- राष्ट्रिय सभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित गरेको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित गरेको सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । बैठकमा गृहमन्त्री…