काठमाडौँ, २४ साउनः अविरल वर्षापछिको बाढी र पहिरोका कारण देशका ९ वटा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने १३५ स्थानमा एकतर्फी मात्र सञ्चालनमा छन् । सडक विभागका अनुसार कोशी, तमोर र भेरी करिडोरका साथै अरनिको र सिद्धार्थ राजमार्गजस्ता मुख्य…
लमजुङ, २४ साउनः लमजुङ मस्र्याङ्दी गाउँपालिका–६ मा निर्माणधीन ४० दशमलव २७ मेगावाट क्षमताको सुपर न्यादी जलविद्युत् आयोजनामा कार्यरत एक जना कामदारको आज पहिरोले पुरिएर मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक…
काठमाडौँ, २४ साउनः साढे ६ किलो अवैध सुनका गहनासहित पोखराबाट ११ जना भारतीय नागरिक पक्राउ परेका छन् । कास्की प्रहरीले गोप्य सूचनाका आधारमा विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गर्न सफल भएको हो । उनीहरूको साथबाट ६ किलो ४ सय ग्राम अवैध…
काठमाडौँ, २४ साउनः प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनैपूर्णिमा पर्व आज स्नान गरी नयाँ यज्ञोपवित (जनै) धारणसहित डोरो बाँधेर मनाइएको छ । श्रावण महिनामा गरिने स्नान भएकाले यस पर्वलाई श्रावणी स्नान पनि भनिन्छ । सत्ययुगमा…
२४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले दलका नेतासमेत रहेका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लिने विश्वासको मतमा तीन बुँदे ह्वीप जारी गरेको छ । २७ साउनमा मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश…
काठमाडौं, साउन २४- नेकपा (एकीकृत समाजवादी) भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र अध्यक्ष माधवकुमार नेपालबीच सार्वजनिक रूपमै व्यक्तिगत रूपमा आरोपप्रत्यारोप चलिरहेको छ। शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा अध्यक्ष नेपालले खनाललाई ‘एमालेमै फर्केर ओलीको…
काभ्रे,साउन २४- काभ्रेमा २०८१ असोज दोस्रो साताको अविरल वर्षापछिको बाढीपहिरोबाट क्षतिग्रस्त निजी आवासको विस्तृत क्षति आकलन (डीडीए) अझै सकिएको छैन । क्षति आकलन सुरु गरिएको करिब चार महिनाको अवधिमा रोशी गाउँपालिकाको मात्रै डीडीए सकिएको छ । विपदको १० महिना बितिसकेको…
काठमाडौं, साउन २४- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल भेट्न वरिष्ठ नेता वामदेव गौतम पुगेका छन्। खनाल निवास डल्लुमा अहिले समसामयिक राजनीतिमा छलफल चलिरहेको खनाल सचिवालयले जनाएको छ। नेता गौतम हालै मात्रै नेकपा एस प्रवेश गरेका हुन्। अध्यक्ष माधव…
गलकोट (बागलुङ), साउन २४ – नेपालकै एक मात्र सिकार आरक्ष क्षेत्र ढोरपाटन उपत्यकामा घोडा सफारी व्यवसाय फष्टाउँदो छ । घोडापालन गर्दै आएका स्थानीयको दैनिकी अहिले पर्यटकलाई घोडामा घुमाउनै ठिक्क छ । ढोरपाटनमा पछिल्लो समय पर्यटकको चाप बढेपछि घोडा व्यवसायी दङ्ग…
ढोरपाटन (बागलुङ), साउन २४- शुक्रबार साँझदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको कालीगण्डकी कोरिडोरमा यातायात सञ्चालनमा आएको छ । बागलुङ नगरपालिका–१२ कालाखोलामा सडकमाथिबाट पहिरो खस्दा शुक्रबार साँझ ७ बजेदेखि पूर्णरुपमा अवरुद्ध करिडोर आज विहान १० बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बागलुङका…