म्याग्दी, २ भदौः यहाँको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँधस्थलमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छभने पाँचजना घाइते भएका छन् । आज दिउँसो आयोजनाको बाँधस्थल झिँ र दग्नामको सीमा क्षेत्रमा पहिरो जाँदा ढुङ्गा लागेर आयोजनामा…
चितवन, भदौ २ – नेकपा (एमाले) जिल्ला कमिटी चितवनको नवौं पूर्ण बैठक सम्पन्न भएको छ । भाद्र २०–२२ गते ललितपुरको गोदावरी हलमा एमालेको विधान अधिवेशन हुँदैछ । उक्त विधान अधिवेशनमा विधानमा समावेश गर्नुपर्ने र संशोधन गर्नुपर्ने विषयमा जिल्लाले दिने सुझावका…
काठमाडौं भदौ २ रास्वपा सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ । उनको स्वास्थ्यमा केही समस्या देखिएपछि आज रगत जाँच गर्नका लागि रगत अस्पताल पठाइएको छ । रास्वपा प्रवक्ता मनिष झाका अनुसार, सोमबार बिहान सभापति लामिछानेलाई भेट्न उपसभापति डोलप्रसाद अर्याल…
चितवन भदौ २ चितवनका एक जना प्रतिष्ठित व्यवसायी तथा समाजसेवी शंकरप्रसाद घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा औपचारिक रूपमा प्रवेश गरेका छन्। गैँडाकोट नगरपालिका–२, श्रीनगर टोल निवासी घिमिरेले केही दिनअघि पार्टीको औपचारिक सदस्यता लिएको भए पनि आज गैँडाकोटमा आयोजित विशेष कार्यक्रममा…
काठमाडौं, भदौ २ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । दुई साताअघि मात्रै डिल्लीबजार कारागारबाट छुटेका प्रसाईंले सोमबार पत्रकार सम्मेलन गर्दै राजनीतिक दल खोल्ने घोषणा गरेका हुन् । उनले आफूले अभियान मात्रै चलाउँदा कोठामा ताला…
काठमाडौँ, भदौ २ – सरकारको नेतृत्व गरिरहेको दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी फागुनपछि मात्र संविधान संशोधन प्रक्रिया अगाडि बढाउने बताएका छन् । कैलालीको धनगढीमा सोमबार प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय सभा निर्वाचनअघि संविधान संशोधन…
चितवन, भदौ २ – बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको भवनहरूको २५ वर्षपछि नक्सापास (अभिलेखीकरण) गरिएको छ । अस्पतालका २९ वटा भवनको एकैपटक नक्सापास गरिएको हो । विसं २०४९ मा शिलान्यास गरेर काम थालिएको अस्पताल विसं २०५६ बाट नियमित सञ्चालनमा आएको…
विराटनगर, भदौ २ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा (एमाले)को संगठित सदस्य र कार्यकर्ता नै रहेको बताएकी छन्। सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफू नेकपा एमालेको नीति र कार्यक्रम अनुसार नै अघि बढ्ने बताइन् । आफ्नो ४५ वर्ष…
सप्तरी भदौ २ प्रहरीले राजविराज विमानस्थलबाट सोमबार ठूलो मात्रामा अवैध विदेशी मुद्रासहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका–११ का ३३ वर्षीय मोहमद खुर्सिद आलम रहेका छन् । प्रहरी उपरीक्षक गौतमकुमार केसीका अनुसार बुद्ध एयरको जहाजबाट…
काठमाडाैं भदौ २, वरिष्ठ गीतकार एवं साहित्यकार प्रेमविनोद नन्दनको निधन भएको छ । चितवनमा बसेर साहित्य सिर्जना गर्दै आएका नन्दनको आइतबार राति ९१ वर्षको उमेरमा चितवन मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । उनका भतिजा तथा वामपन्थी नेता केशवलाल…