Blog Page

  • Home
श्रीलङ्काका सबै मन्त्रीद्वारा राजीनामा

श्रीलङ्काका सबै मन्त्रीद्वारा राजीनामा

कोलम्बो, २१ चैत्र – श्रीलङ्कामा आर्थिक सङ्कटसँगै राजनीतिक सङ्कट बढ्दै गएपछि मन्त्रिपरिषद्का सबै सदस्यहरूले राजीनामा दिएका छन् । प्रधानमन्त्री महेन्दा राजापाक्षे बाहेक सबै मन्त्रीहरूले राजीनामा दिएको अधिकारीहरूले जनाएका छन् । देशमा आर्थिक सङ्कट बढेपछि सरकारका विरुद्धमा आन्दोलन सुरु भएकाले सरकारले…

भूमध्यसागरमा डुङ्गा दुर्घटनामा परी ९० भन्दा बढी आप्रवासीको मृत्यु

भूमध्यसागरमा डुङ्गा दुर्घटनामा परी ९० भन्दा बढी आप्रवासीको मृत्यु

जेनेभा [स्विजरल्याण्ड], २१ चैत- लिबियाबाट शरणार्थी बोकेको डुङ्गा दुर्घटनामा परी करिब १०० आप्रवासीको भूमध्यसागरमा मृत्यु भएको संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त फिलिपो ग्रान्डीले बताएका छन्। “अर्को भूमध्यसागरीय त्रासदीमा ९० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। युरोपले युक्रेनबाट ४० लाख शरणार्थीहरूलाई उदारतापूर्वक…

चितवन पुगेर एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले भने,- हामी गठबन्धनको पक्षमा छैनौँ

चितवन पुगेर एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले भने,- हामी गठबन्धनको पक्षमा छैनौँ

रत्ननगर, २१ चैत – नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले कुनै पनि गठबन्धनको पक्षमा नरहेको बताउनुभएको छ । प्रेस चौतारी चितवनले आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “तपाईंहरु एकदम प्रष्ट हुनुहोला, नेकपा एमाले कुनै गठबन्धनको पक्षमा छैन…

जयनगर–कुर्था रेल सेवा : पहिलो दिन सबै सिट भरिभराउ

जयनगर–कुर्था रेल सेवा : पहिलो दिन सबै सिट भरिभराउ

जनकपुर, २१ चैत – जयनगर–कुर्था रेल सेवा नियमित सञ्चालन सुरु भएसँगै स्थानीय उत्साहित भएका छन् । भारतको नयाँ दिल्लीबाट शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले रेल सेवाको शुभारम्भ गर्नुभएको थियो । आइतबार बिहान ८ः३० मा हिँडेको…

‘योग जीवनका लागि आवश्यक’

‘योग जीवनका लागि आवश्यक’

दमौली, २१ चैत – तनहुँको व्यास नगरपालिका–५ का रामकाजी श्रेष्ठ बिहान सबेरै उठेर योग गर्न पुग्नुभयो । बिहान ५ बजेदेखि ७ बजेसम्म पाँच दिन नियमित योग शिविरमा सहभागी हुनुभएका उहाँले अब घरमै पनि योग गर्न जान्ने हुनुभएको छ । व्यास…

आठ महिनामा साढे ३२ अर्बको सुन आयात

आठ महिनामा साढे ३२ अर्बको सुन आयात

काठमाडौं, चैत २१ – चालू आर्थिक वर्षको आठ महिनामा अघिल्लो आवको सोही अवधिको भन्दा दोब्बर सुन आयात भएको छ । गत आवको पहिलो आठ महिनामा १६ अर्ब ३६ करोड २५ लाख रुपैयाँ बराबरको सुन आयात भएकोमा चालू आवमा ३२ अर्ब…

मत पत्रमा ‘सूर्य’ पहिलो, ‘रूख’ दोस्रो

मत पत्रमा ‘सूर्य’ पहिलो, ‘रूख’ दोस्रो

काठमाडौं, चैत २१ – ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न ‘सूर्य’ पहिलो नम्बरमा रहने भएको छ । यसैगरी नेपाली कांग्रेसको निर्वाचन चिह्न ‘रूख’ दोस्रो नम्बरमा रहनेछ । आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३…

आइपीएल : चेन्नईको लगातार तेस्रो हार

आइपीएल : चेन्नईको लगातार तेस्रो हार

काठमाडौं, २१ चैत – पन्जाब किङ्ससँग ५४ रनले पराजित हुँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङ्सले लगातार तेस्रो हार व्यहोरेको छ । मुम्बईमा आइतबार राति पन्जाबले दिएको १८१ रनको लक्ष्य पछ्याएको चेन्नईले १८ ओभरमा सबै…

बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

रत्ननगर, चितवन,२१ चैत – चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–९ बाँदरझुलाका ३९ वर्षीय सुरेश विक रहेका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । भरतपुर महानगरपालिका–२३ स्थित…

वाईसीएल कालिका नगर कमिटी : अध्यक्षमा इश्वर भट्टराई, सचिवमा नारायण श्रेष्ठ, सहसचिवमा भागवत लामिछाने

वाईसीएल कालिका नगर कमिटी : अध्यक्षमा इश्वर भट्टराई, सचिवमा नारायण श्रेष्ठ, सहसचिवमा भागवत लामिछाने

चितवन, चैत २० – कालिका नगरपालिकामा वाईसीएल नेपाल कालिका नगर कमिटी गठन गरिएको छ । ईश्वर भट्टराईको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कमिटी गठन गरिएको हो । शनिबार भएको सम्मलेनले कमिटीको उपाध्यक्षमा रमेश तामाङ, दिवश सुनार, सचिवमा नारायण श्रेष्ठ, सहसचिवमा भागवत…