हेटाैंडा ,२० साउन- बागमती प्रदेश सरकारकाे नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । बागमतीकाे छैठाैं मुख्यमन्त्रीकाे रूपमा आज मंगलबार दिउँसाे नियुक्त भएका बानियाँलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकाेटाले पद तथा गोपनियताको शपथ गराए । देवकाेटाले आजै बानियाँलाई…
चितवन, साउन २० – भरतपुर महानगरपालिकाले दुई स्थानबाट दमकल सेवा सञ्चालन गरेको छ । भरतपुर महानगरपालिकाको कार्यालय र पश्चिम चितवनको गुञ्जनगरमा दमकल राखेर सेवा दिने गरिएको छ । महानगरका वारुणयन्त्र अधिकृत देवेन्द्रराज रेग्मीका अनुसार यी दुई ठाउँबाट चितवन जिल्लाभरि नै…
काठमाडौँ, साउन २० – युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीहरूको दुर्घटना बिमा र अन्तरराष्ट्रिय पदक विजेता खेलाडीलाई आजीवन मासिक भत्ताको व्यवस्थाको सुरुआत गरिएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले राख्नुभएको जिज्ञासाको जवाफ दिँदै मन्त्री चौधरीले खेलकुदको दौरानमा हुने दुर्घटनामा…
काठमाडौं ,२० साउन– कुलिङ पिरियड छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ । संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय विशेष छानबिन समितिका सभापति जीवन परियारले प्रतिवेदनसभामा पेस गरेका हुन् । गत असार २३…
गुल्मी,२० साउन – लगातारको वर्षाका कारण पहिरो जाँदा मदनभण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक बन्द भएको छ । उक्त सडकअन्तर्गत रुरुक्षेत्र गाउँपालिका–३ बाख्रेभीरमा पहिरो खसेपछि उक्त सडक अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए । रिडी–तम्घास सडकखण्ड फराकिलो बनाउने काम भइरहेको…
नवलपरासी,साउन २०- महेन्द्र राजमार्गअन्तर्गत दाउन्नेमा ३६ घण्टादेखि राजमार्ग अवरुद्ध हुँदा सयौं यात्रु अलपत्र परेका छन् । दाउन्ने हुँदै नारायणगढ-बुटवल यात्रामा रहेका कतिपय यात्रुहरू हिँडेर वारपार गरेका छन् । राजमार्ग अवरुद्ध भएको स्थानमा हिँडेर कट्ने र पर पुगेर गाडी चढ्ने यात्रुहरू झरीमा रुझ्दै…
जनकपुरधाम, साउन २० – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले यस वर्ष हालसम्ममा २२ करोड ८८ लाख ६६ हजार मूल्य बराबरको करिब १७ लाख ७० हजार थान पुस्तक बिक्री गरेको छ । यस वर्ष वैशाखदेखि असारसम्ममा सो परिमाणमा किताब…
काठमाडौं,साउन २०- अमेरिका प्रवेश गर्न १५ हजार डलर जम्मा गर्नुपर्ने व्यवस्था गर्न लागिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विदेशी नागरिकलाई अमेरिका प्रवेश गर्नुअघि १५ हजार अमेरिकी डलरसम्म जमानती बन्ड जम्मा गर्नुपर्ने नयाँ योजना सुरु गर्न लागेको हो ।…
२० साउन, धनगढी- कञ्चनपुरमा एक किशोरी मृत फेला परेकी छन् । १७ वर्षीया सम्झना भट्ट घरमै झुण्डिएको अवस्थामा फेला परेकी हुन् । ६ महिनाअघि मात्रै बेल्डाँडी गाउँपालिका–२ का २४ वर्षीय पवन भट्टसँग विवाह गरेकी सम्झना आइतबार मृत भेटिएकी हुन् ।…
धनगढी ,२० साउन- महाकाली नदीमा पानीको जलसतह खतराभन्दा माथि पुगेको छ । खतराको तह पार भएपछि अहिले शारदा ब्यारेजमा चार पाङ्ग्रे यातायातका साधन आवागमनमा रोक लगाइएको छ । नदीमा पानीको बहाव बढेर खतराको सतह नाघेपछि मंगलबार बिहानदेखि नै चार पाङ्ग्रे…