काठमाडौँ, साउन ३१- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा भारी वर्षा र बाढीले ठूलो क्षति भएको छ। प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो ४८ घण्टामा ३०७ जनाको मृत्यु भएको छ भने २३ जना घाइते छन्। मृत्यु हुनेमा २७९ पुरुष, १५ महिला र…
काठमाडौं, साउन ३१- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदैछ। सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई आज नख्खु कारागारमा सरुवा गरेर ल्याउन लागिएको हो । लामिछानेले दिएको निवेदनको आधारमा हिजो कारागार विभाले सरुवा गर्ने निर्णय…
नारायणगढ (चितवन), साउन ३१- भरतपुर महानगरमा निर्माण भएका १३ वटा भूमिगत जल सिँचाइ आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । आज भरतपुर–२३ आलमघाटमा आयोजित एक कार्यक्रममा समितिलाई आयोजना हस्तान्तरण गरिएको हो । ती आयोजनामार्फत करिब तीन सय हेक्टर जमिनमा सिँचाइ…
नवलपरासी, साउन ३१- सुस्ता गाउँपालिका–४ मा रु पाँच करोड खर्चेर निर्माण गरिएको शीतभण्डार प्रयोगविहीन छ । लुम्बिनी सरकारले उक्त रकम खर्चेर आलु, प्याजलगायत कृषि उपज लामो समयसम्म जोगाएर राख्न शीतभणडर निर्माण गरेको हो । सुस्ता गाउँपालिका–४ का वडाध्यक्ष नीलबहादुर गुरुङले…
अल्जेरिया, साउन ३१- राजधानी अल्जियर्स नजिकै शुक्रबार साँझ भएको एक भायनक बस दुर्घटनामा कम्तीमा १८ जनाको ज्यान गएको छ । यात्रु बोकेको बस पुलबाट नदीमा खस्दा ठूलो क्षति भएको हो। दुर्घटनामा धेरैजना घाइते भएका छन् । घाइतेहरुमध्ये तीन जनाको अवस्था…
काठमाडौँ, साउन ३१- साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले १५ लाख २३ हजार बोरा रासायनिक मल भारतको कोलकत्ता बन्दरगाहमा प्राप्त भइसकेको र ती मल धमाधम नेपालस्थित कर्पोरेशनका गोदममा ल्याउनेक्रम जारी रहेको जनाएको छ । कर्पोरेशनले हालै मात्र चारलाख ४० हजार बोरा युरिया…
काठमाडौँ, साउन ३१- काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा दर्ता भएका तर सञ्चालनमा नरहेका संस्थागत विद्यालयहरूको अनुमति खारेजीको तयारी थालेको छ । कामपा शिक्षा विभागले यस्ता विद्यालयहरूको स्थलगत अनुगमन गरी खारेजीको लागि थप प्रक्रियामा जाने तयारी गरेको कामपाले जानकारी दिएको छ ।…
आज मिति वि.सं.२०८२ साल साउन ३१ गते । शनिबार । ईश्वी सन् २०२५ अगस्ट १६ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । भाद्र कृष्णपक्ष । तिथि–अष्टमी, ४७ घडी ३७ पला,…
चितवन, साउन ३० – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी चितवनको स्वास्थ्य विभागद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आज शुक्रबार भरतपुरको चौबिसकोठीमा सम्पन्न रक्तदान कार्यक्रममा १५२ जनाले रक्तदान गरेका कार्यक्रम संयोजक संजिल लामिछानले जानकारी दिए…
चितवन, साउन ३० – नेकपा एमालेको अखिल नेपाल महिला संघ (अनेमसंघ) भरतपुर महानगरपालिका ११ वडा कमिटीको अध्यक्षमा तुलमाया गुरुङ्ग चयन भएकी छन् । शनिबार कान्तिपुर पार्टी प्यालेसमा सम्पन्न अनेमसंघको वडा सम्मेलनले गुरुङ्गको नेतृत्वमा सर्वसम्मतबाट ३३ सदस्यीय वडा कमिटी चयन गरेको…