Blog Page

  • Home
कांग्रेसबाट ललितपुर मेयरमा चिरिबाबु महर्जनले दर्ता गरे उम्मेदवारी

कांग्रेसबाट ललितपुर मेयरमा चिरिबाबु महर्जनले दर्ता गरे उम्मेदवारी

ललितपुर, १२ वैशाख- गठबन्धनकातर्फबाट कांग्रेसका चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार दिउँसो उनले उम्मेदवारी दर्ता गरेका हुन् । गठबन्धनमा कांग्रेसले ललितपुर महानगरमा प्रमुख पाएको थियो । जस कारण…

भरतपुर महानगरमा कांग्रेस असन्तुष्ट पक्षबाट मेयरको उम्मेदवारी दर्ता

भरतपुर महानगरमा कांग्रेस असन्तुष्ट पक्षबाट मेयरको उम्मेदवारी दर्ता

चितवन, १२ वैशाख- कांग्रेसको असन्तुष्ट पक्षबाट चितवनको भरतपुर महानगरको मेयरमा पूर्व सांसद जगन्नाथ पौडेलले उम्मेदवारी दिएका छन् । उनको प्रस्तावका कांग्रेसका पूर्व सभापति कृष्णलाल सापकोटा र समर्थकमा कांग्रेस महासमिति सदस्य मीना खरेल रहेका छन् ।- न्युज कारखाना  

कांग्रेस घोषणापत्रः स्थानीय तहका शिक्षा क्षेत्रमा लगानी दोब्बर

कांग्रेस घोषणापत्रः स्थानीय तहका शिक्षा क्षेत्रमा लगानी दोब्बर

काठमाडौँ, १२ वैशाख- नेपाली कांग्रेसले स्थानीय तहले सशर्त अनुदानबाहेकका शिक्षा क्षेत्रमा गरिएका लगानीलाई दोब्बर बनाउने भएको छ । आइतबार सार्वजनिक घोषणापत्रमा विद्यालयको योजना र प्रस्तावको आधारमा स्थानीय तहले आफ्नो स्रोतबाट विद्यालय सुधार र शैक्षिक कार्यक्रमका लागि विशेष अनुदान उपलब्ध गराउने…

देवघाट गाउँपालिकाको अध्यक्षमा एमालेले पुनः दुर्गबहादुर थापालाई उठायो, उपाध्यक्षमा सावित्री न्यौपाने

देवघाट गाउँपालिकाको अध्यक्षमा एमालेले पुनः दुर्गबहादुर थापालाई उठायो, उपाध्यक्षमा सावित्री न्यौपाने

देवघाट, तनहुँ बैशाख १२ – नेकपा एमाले तनहुँले देवघाट गाउँपालिकाको अध्यक्षमा पुनः दुर्गबहादुर थापालाई उम्मेद्वार बनाएको छ । हाल अध्यक्ष थापाले पुनः अध्यक्षमा दोहोरिनका लागि आजै अध्यक्ष पदबाट राजीनामा दिएका थिए । जनता माझ लोकप्रीय रहेका थापा २०७४ सालको निर्वाचनमा…

भरतपुर १० को वडाध्यक्षमा कांग्रेसबाट परमेश्वर खनाल उठ्ने

भरतपुर १० को वडाध्यक्षमा कांग्रेसबाट परमेश्वर खनाल उठ्ने

चितवन, बैशाख १२ – नेपाली कांग्रेसले भरतपुर १० को वडाध्यक्षमा युवा नेता परमेश्वर खनाल उठाउने निर्णय गरेको छ । नेपाली कांग्रेस जिल्ला कमिटीले खनाललाई उम्मेद्वार बनाउने निर्णय गरेको हो ।

मोरङमा जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ, ६ लाख ४१ हजार नगद बरामद

मोरङमा जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ, ६ लाख ४१ हजार नगद बरामद

मोरङ, १२ वैशाख- ग्रामधान गाउँपालिका–४ कटहरामा जुवा खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका–५ बस्ने ५४ वर्षीय रूपेश कुमार तामाङसहित ७ जना छन् । उनीहरुलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी…

यो हो विश्वकै अग्लो परिवार

यो हो विश्वकै अग्लो परिवार

मिनिसोटा, १२ वैशाख- मिनिसोटाको ट्र्याप परिवार आधिकारिक रूपमै विश्वकै सबैभन्दा अग्लो परिवार हो । परिवारको औषत उचाई ६ फिट ८ दशमलब ०३ इन्च छ । क्रिसी ट्र्याप भन्छिन् उनी परिवारकै फुच्ची सदस्य हुन् । ६ फिट ३ इन्च उचाइकी उनी…

राति सुतिरहेकी श्रीमतीको शरीरमा श्रीमान्ले आगो लगाइदिएपछि…

राति सुतिरहेकी श्रीमतीको शरीरमा श्रीमान्ले आगो लगाइदिएपछि…

काठमाडौं, १२ वैशाख – तीस वर्षीया अस्मिता चौधरीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–१० कपन आकाशे धारा नजिक डेरा गरी बस्ने सिरहा लाहान नगरपालिका–७ घर भएका ४२ वर्षीय प्रबिन चौधरी रहेका छन्…

हेटौंडाको एक वडामा कांग्रेसको दुई जनालाई टिकट

हेटौंडाको एक वडामा कांग्रेसको दुई जनालाई टिकट

हेटौंडा, १२ वैशाख- मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकाको एक वडामा वडा अध्यक्षका लागि नेपाली कांग्रेसको तर्फबाट दुई जनालाई टिकट दिइएको छ । नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र वादेले दुवै जनाको टिकटमा हस्ताक्षर गरेका हुन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ को…

गोरखा भूकम्पको सातौँ स्मृति दिवस मनाइँदै

गोरखा भूकम्पको सातौँ स्मृति दिवस मनाइँदै

काठमाडौँ, १२ वैशाख- गोरखा भूकम्पको सातौँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा,…