काठमाडौं, २८ असार – एक जना १७ वर्षीया किशोरीलाई बलात्कार गरी फरार रहेका टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा गौरीशंकर गाउँपालिका–८ घर भएका रा.१ ख २७३४ नम्बरको टिपरका चालक ३२ वर्षीय ज्ञान बहादुर नेपाली छन् ।…
रुपन्देही, २८ असार – रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीकै मर्चवारी गाउँपालिका–१ का १९ वर्षीय रामचन्द्र केवट रहेका छन् । दुर्घटनाबाट गम्भिर घाइते भएका केवटको उपचारको क्रममा बुटवल स्थित…
काठमाडौं, २८ असार- प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर विमानस्थल विस्तार, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, माडी जंगल क्षेत्रको हुलाकी सडकको स्तरोन्नति, माडी क्षेत्रमा भूमिगत विद्युतीकरणलगायतका काम तत्काल अघि बढाउन निर्देशन दिएका छन् । मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रधानसेनापति…
सिरहा, २८ असार – सिरहाको कमला नदीमा फेला परेको शव मामा-भान्जाकाे भएकाे र उनीहरू उत्तरवाहिनी घुम्न हिँडेकाे खुलेकाे ५ । आएतबार अपरान्ह घरबाट सिरहा र धनुषाको बीच सीमामा पर्ने धार्मिकस्थल उत्तरवाहिनी घुम्न निस्केका कर्जन्हा नगरपालिका-१ बन्दीपुरका १७ वर्षीय मोहम्द अलि…
सुर्खेत, २८ असार – ठूलीभेरी नगरपाालिका-३ डोल्पाका २४ घरधुरी बाढीका कारण विस्थापित भएका छन् । सरमुकाम दुनैस्थित शान्ति टोलमा बाढीपहिरोले २४ परिवार विस्थापित भएका हुन् । ठूलीभेरी नगरपालिका-३ शान्तिटोलमा अचानक आएको बाढीपहिरोले नन्नाकुमारी विकको एकतले कच्ची घरलाई पूर्णरूपमा क्षति पुर्याएको…
काठमाडौं, २८ असार – नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियन्चाओ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ । भेटवार्ता ओली निवास बालकोटमा चलिरहेको छ । भेटवार्तामा अध्यक्ष ओलीसँग नेकपा एमालेका…
लमजुङ, २८ असार – लगातारको वर्षाका कारण डुम्रे-बेसीसहर सडकखण्डअन्तर्गत उदिपुर सडकखण्ड अवरुद्ध भएको छ । सोमबारदेखिको निरन्तर वर्षाका कारण मंगलबार बिहानदेखि उक्त सडकखण्ड अवरुद्ध भएको हो । बेसीसहर नगरपालिका-१ उदिपुरको देउरालीडाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । जिल्ला…
टोकियो,२८ असार- जापानले मंगलबार शिन्जो आबेको अन्तेष्टि गर्ने तयारी गरेको छ । जापामा लामो समय प्रधानमन्त्री बनेका अबेको गत हप्ता चुनावी र्यालीमा गोली हानी हत्या भएको थियो । ६७ वर्षको उमेरमा निधन भएका आबेलाई श्रद्धाञ्जली दिन सोमबार साँझ गर्मीको परबाह…
एजेन्सी कोलम्बो, २८ असार श्रीलंकाका केही भागहरूमा सीमित इन्धन र ग्यास आपूर्ति पुनः वितरण भएको छ । अभूतपूर्व आर्थिक संकटलाई लिएर सरकार विरोधी प्रदर्शन चर्किरहेका बेला केही क्षेत्रमा इन्धन आपूर्ति पुनः वितरण भएको हो । सोमबार राजधानी कोलम्बोमा ग्यास भर्ने…
एजेन्सी नयाँ दिल्ली, २८ असार भारत चीनलाई उछिनेर अर्को वर्ष विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बन्ने तयारीमा रहेको राष्ट्रसंघले जनाएको छ । चीनको जनसंख्या १ दशमलब ४ अर्ब छ । तथ्यांकअनुसार यही नोभेम्बरसम्म विश्वको जनसंख्या ८ अर्ब हुनेछ ।…