विराटनगर, भदौ १३ – कोशी प्रदेश सरकारले साना तथा मझौला व्यवसायको प्रवद्र्धन र उद्यमशीलताको विकासका लागि स्विस सरकारको सहयोगमा ‘उदय’ परियोजना सुरु गरेको छ । यस परियोजनाबाट प्रदेशमा रोजगारी सिर्जनासहित आर्थिक समृद्धिको नयाँ ढोका खुल्ने अपेक्षा गरिएको छ । ‘उदय…
१३ भदौ, काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्मा रहेका चौथो र पाचौं दलले लामो समयदेखि प्रतिनिधिसभाको कामकारबाहीमा भाग नलिएकोप्रति सरकार गम्भीर हुनुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै सुरुमै सभामुख घिमिरेले यस्तो बताएका हुन् । भिजिट भिसा प्रकरणको…
तनहुँ, भदौ १३ – आलु प्रवद्र्धन आयोजना कार्यक्रमअन्तर्गत तनहुँमा ८६३ मेट्रिकटन आलु उत्पादन भएको छ । आर्थिक वर्ष २०८१/८२ मा १३ कृषक समूहमार्फत् एक हजार रोपनी क्षेत्रफलमा उक्त परिमाणमा आलु उत्पादन भएको हो । कृषक समूह र सहकारीमार्फत क्लष्टरमा आलुखेती…
काठमाडौं, भदौ १३- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार जापानको राजधानी टोकियो पुगेका छन् । प्रधानमन्त्री मोदी दुई देश जापान र चीनको चार दिने भ्रमणमा गएका हुन् । प्रधानमन्त्री मोदीको जापान र चीन भ्रमण यस्तो समयमा भइरहेको छ जब अमेरिकी राष्ट्रपति…
१३ भदौ, काठमाडौं । शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यसअघि साउन २३ गते बनेको रेकर्ड तीन सातामै तोडिएको छ । आज सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो…
चितवन, भदौ १३- यहाँस्थित भूमि समस्या समाधान आयोग जिल्ला समितिले जिल्लाका २५९ जना भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र प्रदान गरेको छ । आयोगका अध्यक्ष इमानसिंह मोक्तानका अनुसार रत्ननगर नगरपालिकाका १३० र भरतपुर महानगरपालिकाका १२९ जनालाई जग्गाधनी…
तनहुँ, भदौ १३- मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) अन्तर्गत जामुने बजारमा कालोपत्र गर्न सुरु भएको छ । यो खण्डको ३९ किलोमिटरमध्ये ३६ दशमलव ८ किलोमिटर कालोपत्र भइसकेको छभने बाँकी खण्डमा धमाधम कालोपत्र भइहेको छ । मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड)…
काठमाडौँ भदौ १३ राजधानीको जडिबुटीमा शुक्रबार एकाबिहानै सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक नवलपरासी स्थायी घर भई हाल भक्तपुर लोकन्थली बस्ने २२ वर्षीय शिरिस पौडेल र काभ्रेपलाञ्चोक घर भएका २३ वर्षका नितेश नेपाल…
आज मिति वि.सं.२०८२ साल भाद्र १३ गते । शुक्रबार । ईश्वी सन् २०२५ अगस्ट २९ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । भाद्र शुक्लपक्ष । तिथि–षष्ठी, ३० घडी ३१ पला,…
चितवन, १२ भदौः चितवनको इच्छाकामना गाउँपालिका-४ लेवाटारमा एक होटल भित्र इभि माइक्रो बस पसेर दुर्घटनाग्रस्त भएको छ । माइक्रोमा ब्रेक फेल भएर अनियन्त्रित हुँदा स्थानीय न्यान्सी खाजा घर भित्र पसेको स्थानीयले बताएका छन् । माइक्रोमा कुनै यात्रु नभएकाले मानवीय क्षति…