Blog Page

  • Home
चितवन जेनजी प्रदर्शनकारीको कब्जामा, अधिकांश सरकारी कार्यालय ध्वस्त

चितवन जेनजी प्रदर्शनकारीको कब्जामा, अधिकांश सरकारी कार्यालय ध्वस्त

चितवन, भदौ २३– जेनजी प्रदर्शनकारीहरुले चितवन जिल्ला कब्जामा लिएका छन् । जिल्लाको मुख्यालय जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, नापी कार्यालयलगायतका कार्यालयहरु आगजनी गरेर ध्वस्त बनाएका छन् । तीन वटै सुरक्षा निकाय नेपाली, शसस्त्र प्रहरी…

संयमित रहन आन्दोलनकारीलाई डा. सुन्दुक रुइतको अपिल

संयमित रहन आन्दोलनकारीलाई डा. सुन्दुक रुइतको अपिल

२४ भदौ, काठमाडौं। वरिष्ठ नेत्र चिकित्सक डा. सुन्दुक रुइतले संयमित रहन जेनजी पुस्तालाई अपिल गरेका छन्। असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेको भन्दै उनले सार्वजनिक सम्पत्तिमाथि आगजनी गर्नु र नष्ट गर्नु उचित नहुने बताएका छन्। सामाजिक सञ्जालमा डा. रुइतले…

धुवाँको मुस्लोले भरियो काठमाडौं

धुवाँको मुस्लोले भरियो काठमाडौं

२४ भदौ, काठमाडौं । उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूले लगाएको आगोका कारण यतिबेला काठमाडौं उपत्यका धुवाँमय बनेको छ । सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, पार्टीका शीर्ष नेताको घर, कार्यालय लगायतमा प्रदर्शनकारीहरूले लगातार आगो लगाइरहेका छन् । अहिले…

जेनजीबाट घरमै कुटिए देउवा दम्पती

जेनजीबाट घरमै कुटिए देउवा दम्पती

काठमाडौं भदौ २४ पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् । उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् । उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले सिंहदरबार, संसद् भवन लगायतका शीर्ष…

बालेनले जेनजीलाई भनेः अब संयमित बनौं, अबको नेतृत्व तपाईहरुकै हातमा आयो

बालेनले जेनजीलाई भनेः अब संयमित बनौं, अबको नेतृत्व तपाईहरुकै हातमा आयो

काठमाडौँ, भदौ २४– काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले जेनजीलाई संयमित हुन आग्रह गरेका छन् । केहीबेर अघि एक फेसबुक स्टाटस लेख्दै प्रधानमन्त्रीको राजीनामा आइसकेकाले अब संयमित हुन आग्रह गरेका हुन् । उनले लेखेका छन्ः हामीले स्पष्ट रूपमा भनेका थियौं ।…

रविलाई नख्खु जेलबाट निकाले प्रदर्शनकारीले

रविलाई नख्खु जेलबाट निकाले प्रदर्शनकारीले

चितवन, भदौ २४ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रदर्शनकारीहरूले नख्खु कारागारबाट बाहिर निकालेका छन्। मंगलबार दिउँसो प्रदर्शनकारीहरूले लामिछानेलाई जेलबाट बाहिर निकालेका हुन्। रवि लामिछाने जेलबाट निस्केपछि भाषण गरिरहेको भिडिओ सामाजिक सञ्जालमा रास्वपा केन्द्रीय सदस्य क्रान्तिशिखा धितालले राखेकी…

रवि लामिछाने रहेको नख्खु कारागार अगाडि नाराबाजी

रवि लामिछाने रहेको नख्खु कारागार अगाडि नाराबाजी

काठमाडौँ , भदौ २४ – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने रहेको ललितपुरको नख्खु कारागार अगाडि प्रदर्शनकारीले नाराबाजी गरेका छन् । लामिछानेलाई रिहाइ गर्ने भन्दै समर्थकहरू कारागार अगाडि भेला भएर नाराबाजी गरिरहेका छन् ।

प्रचण्ड पुत्री गंगाको घरमा आगजनी

प्रचण्ड पुत्री गंगाको घरमा आगजनी

२४ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री गंगा दाहालको घरमा आगजनी भएको छ । जेनजी युवाहरूको समूहले ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको गंगा दाहालको घरमा आगजनी गरेका हुन् । आगजनीबाट दाहालको घर पूर्णरूपमा क्षतिग्रस्त भएको…

राप्रपाका संघ र प्रदेशका सबै सांसदले दिए राजीनामा

राप्रपाका संघ र प्रदेशका सबै सांसदले दिए राजीनामा

२४ भदौ, काठमाडौं । पछिल्लो विकसित घटना क्रमलाई देखाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संघ र प्रदेशका सबै सांसदहरूले राजीनामा दिएका छन् । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीका अनुसार संघ र प्रदेशका सबै सांसदहरूलाई राजीनामा दिएका हुन् । राष्ट्रिय स्वतन्त्र…

प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो

प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो

२४ भदौ, काठमाडौं । प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् । प्रदर्शनकारीहरूको आक्रोशित भीडले संसद् भवनमा आगजनी गरेका हुन् । यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो लगाइदिएका थिए ।