काठमाडौँ, २५ भदौ : जेनजी पुस्ताका नाममा भएको हिंसात्मक प्रदर्शनमा घाइते भएका तीन जना प्रहरीको मृत्यु भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले आज उनीहरूको मृत्यु पुष्टि भएको जानकारी दिनुभयो । उहाँले महाराजगञ्ज प्रहरी वृत्तमा…
काठमाडौँ, २५ भदौ : भ्रष्टाचार नियन्त्रण, सामाजिक सञ्जालको निर्वाध सञ्चालन र युवा नेतृत्वका लागि जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा मुलुकले ठूलो भौतिक क्षति व्यहोर्नुपरेको छ । नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र तोड्ने क्रममा सोमबार भएको झडपमा ठूलो मानवीय क्षति भएसँगै…
काठमाडौं २५ भदौ – कक्षा १२ को मौका (पूरक) परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार भदौ २८ र २९ गते सञ्चालन हुने परीक्षा स्थगित गरेको जनाएको छ । ‘देशमा विकसित विशेष परिस्थितिका कारण अर्को सूचना प्रकाशन नभएसम्मका…
२५ भदौ, काठमाडौं – नेपाली कांग्रेसले देश अहिले राजनीतिक शून्यता र कानुनी अनिश्चिततामा रहेको जनाउँदै राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरू सक्रिय भई शान्ति–सुरक्षा कायम हुन जरुरी रहेको औंल्याएको छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रेस नोट जारी गर्दै नवयुवा पुस्ताद्वारा…
काठमाडौं, भदौ २५ – सागर ढकालले आफू देशको नेतृत्व गर्न तयार रहेको बताएका छन् । बुधबार जेन्जीहरुको गुगल मिटमा बोल्दै ढकालले कोही अघि नसरे आफू देशको नेतृत्व गर्न तयार रहेको बताएका हुन् । उनले आफू २०८४ को चुनाव लड्नको लागि…
२५ भदौ, काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने भन्दै कोही कसैले पनि हिंसात्मक कार्य नगर्न/नगराउन सबैमा आग्रह गरेको छ । बुधबार आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै देशका विभिन्न शहरहरूमा भएको दुई दिनको प्रदर्शनपश्चात लागेको…
काठमाडौं, भदौ २५ – राष्ट्रपति र नेपाली सेनाले वार्ताका लागि बोलाएपछि अहिले ३२०० भन्दा बढी जेनजीहरू भर्चुअल छलफलमा जुटेका छन् । उनीहरूबीच वार्तामा आधिकारिक रूपमा को सहभागी हुने भन्ने विषयसँगै के विषयमा वार्ता गर्ने भन्ने सम्बन्धमा छलफल भइरहेको बुझिएको छ…
काठमाडौँ भदौ २५ नेपालमा विद्यमान विषम परिस्थिति र शान्ति सुरक्षा कायम राख्नका लागि देशभर निषेधाज्ञा र कर्फ्यु जारी गरिएको छ। नेपाली सेनाले आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै अपराधजन्य गतिविधि नियन्त्रणमा सहयोग गर्न सबैलाई अपिल गरेको छ।…
२४ भदौ, काठमाडौं । मंगलबार दिनभरको तनाव साम्य नभएपछि नेपाली सेनाले तत्काल लुटपाट, आगजनी लगायतका कार्य रोक्न आग्रह गरेको छ । सूचनाका बाबजुद यस किमिसका कार्य नरोकिए राति १० बजेबाट नेपाली सेनासहित सबै सुरक्षा संयन्त्र परिचालित हुने समेत भनिएको छ…
२४ भदौ, धनगढी । कैलाली कारागार सबै कैदीबन्दी निस्किएका छन् । आन्दोलनमा उत्रिएका जेनजीसहितका प्रदर्शनकारीले कारागार कब्जा गरेपछि उनीहरु निस्किएका हुन् । यो कारागारमा केही समयअघि मात्रै दुई समूहबीच झडप भएको थियो । त्यतिबेला पनि कैदीबन्दीले नियन्त्रणमा लिएका थिए ।