खोटाङ, ११ असार – कालोपत्रे उक्किदा खोटाङको जयराम–हलेसी सडक खण्ड जिर्ण बनेको छ । एसियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा ०६७ सालमा गरिएको ओटासिल पिच उक्किदा जयराम–हलेसी (३० किलोमिटर) सडक जिर्ण बनेको हो । पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत जयराम–हलेसीको च्यास्मिटार, दुर्छिम…
सुरेस परियार हुम्ला, ११ असार – हुम्ला जिल्लाको दक्षिणीमा रहेको अदानचुली गाउँपालिकाले अदानचुलिका बस्तीमा एक घर एक धाराको नीति ल्याएको छ । जिल्लाको तल्लो भेग श्रीनगर सधैँ खानेपानीको समस्या हुने भएको कारण एक घर एक धाराको नीति लिएर त्यस अनुसारको…
खोटाङ, ११ असार – खोटाङको त्रि–धार्मिकस्थल हलेसी आउने दर्शनार्थी एवं पर्यटकको गणनाका लागि पिपुल काउन्टिङ मेसिन जडान गरिएको छ । हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको हलेसी मन्दिरमा दर्शन एवं भ्रमणका लागि प्रवेश गर्ने दर्शनार्थी एवं पर्यटकको…
झापा, ११ असार – भुटानी शरणार्थीको पारिवारिक ‘सेन्सस स्लिप’ अपडेट गरिने भएको छ । जिल्ला स्थित शरणार्थी समन्वय इकाईले अपडेटका लागि सूचनासमेत जारी गरेको छ । उसले पारिवारिक जनगणनाका लागि शरणार्थी शिविरमा निवेदनको ढाँचा पनि वितरण गरेको छ । अहिले…
काठमाडौं, ११ असार- युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा भएको भेटमा राखेपका उपाध्यक्ष शिव कोइराला, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, आईसीसी…
लमजुङ, ११ असार-` लमजुङको मर्स्याङ्दी नदीमा विपदसम्बन्धि घटनाबारे नमुना अभ्यास गरिएको छ । ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको जलाशयमा उक्त नमुना अभ्यास गरिएको हो । नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरीले नमुना अभ्यास गरेका थिए । मध्यमर्स्याङ्दीका जलाशयमा बाढीले बगाएकाहरूको…
ललितपुर,असार ११- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको चाहनाअनुसार विकासका गतिविधि अगाडि बढाउनुपर्ने बताएकी छन् । गोदावरी नगरपालिका–१२ ठेचोस्थित सर्वेश्वर बहुउद्देश्यीय हलको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, “जनता सहमत नभएको भौतिक विकास गर्न हुन्न । विकास…
लमजुङ, ११ असार- मध्यपहाडी लोकमार्गअन्तर्गत राइनास नगरपालिकाभित्र पर्ने सडक खण्डका विभिन्न स्थानमा खसेको पहिरो स्थानीय आफैले हटाउन थालेका छन् । पहिरोले सडक अवरोध एवं जोखिम बनाएको वर्षौ हुँदा पनि सम्बन्धित निकायले वास्ता नगरेपछि पहिरो फाल्ने तथा सडक सरसफाईका लागि स्थानीय…
सिन्धुपाल्चोक ,१० असार- सिन्धुपाल्चोकको चौतारा सांगाचोकगढी नगरपालिकाले आ.व. ०७९–८० को बजेट प्रस्तुत गरेको छ । बाह्रौँ नगरसभाअन्तर्गत उपप्रमुख सिता थापाले १ अर्ब २४ करोड २९ लाख ४७ हजार रुपैयाँ बजेट प्रस्तुत गरेकी हुन् । प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आगामी…
भैरहवा, ११ असार- राष्ट्रिय खेल भलिबलको पुर्वाधार विकासमा सरकारले लगानी बढाउनु पर्ने खेलप्रेमीहरूले सुझाव दिएका छन् । बुटवलमा शनिबार सम्पन्न लुम्बिनी प्रदेश भलिबल संघको प्रथम साधारण सभा तथा अधिवेशनमा सहभागीहरूले खेल विकासमा सरकारको लगानी बढाउन सुझाव दिएका हुन् । लुम्बिनी…