कुमार गुरुङ चितवन,५ साउन – पृथ्वीको दीगो भविष्यका निम्ति पारिस्थितिक प्रणाली (Ecosystem) को सन्तुलनका अवयवहरू भुगोल/ धरातल, प्राणी/मानव जीवन, प्रकृति, वनस्पति,मौसम तथा पर्यावरण/ वातावरण जस्ता पक्षको स्थीरता महसुस गरि बिश्व समुदायले चासोका साथ विभिन्न प्रकारका नीति, कार्यक्रम तथा परियोजनाहरु लागु…
दिलमाया शाही जुम्ला, ५ साउन ०७८ फागुनमा स्वास्थ्य बिमा गरेका जुम्ला हिमाका बासिन्दाले अझै पनि निःशुल्क औषधि पाएका छैनन् । हिमा गाउँपालिका–१ देवारगाउँकी मेनका शाही रक्तस्राव भएपछि उपचारका लागि ३ साउनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आइन ।…
काठमाडौं, ५ साउन – काठमाडौंबाट फोहोर संकलन अनियमित बन्दै गएका बेला आजबाट एक हप्ता ठप्प हुने भएको छ । नुवाकोटको सिसडोलदेखि बञ्चरेडाँडा ल्यान्डफिल साइटसम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले एक साता फोहोर व्यवस्थापनको काम रोकिएको काठमाडौं महानगरपालिकाले…
– न्युयोर्क, ५ साउन रुसी हमलामा युक्रेनमा हालसम्म १५ हजार जनाको मृत्यु र ४५ हजार घाइते भएको संयुक्त राज्य अमेरिकाले अनुमान गरेको सीआईएका निर्देशक विलियम बर्नसले बताएका छन् । रुसी हमलामा किभले ठूलो क्षति सामना गरेको पनि उनले बताएका छन्…
काठमाडौं, ५ साउन – जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशका केही नदी र खोला वरपर आगामी दिनसम्म आकस्मिक बाढी आउने सम्भावना रहेको जनाउँदै वरपरका बासिन्दलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाले आगामी तीन दिनसम्म दोलखा,…
काठमाडौं, ५ साउन पछिल्लो चौबिस घण्टामा विश्वमा कोरोना भाइरसका ७ लाख ९१ हजार ४७ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै विश्वमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ५७ करोड ४ लाख ८७ हजार ८८९ पुगेको छ । वल्डोमिटर्सका अनुसार बितेको…
काठमाडौं, ५ साउन जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हाल पर्साको ठोरी र आसपासमा भारी वर्षा भइरहेको जनाएको छ । भारी वर्षाका कारण खोलामा आकस्मिक बाढी आउने हुँदा वरपरका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।…
काठमाडौं, ४ साउन – सहरी विकास मन्त्री मेटमणि चौधरीले एउटा व्यक्ति वा एउटा संस्थाले मात्र देश विकास सम्भव नहुने भएकाले देश बनाउने दायित्व सबैको साझा भएको बताएका छन् । सहरी विकास मन्त्रालयद्वारा पुल्चोक इन्जिनियरिङ कलेजमा आयोजित विद्यार्थीहरुसँग मन्त्री कार्यक्रमको दोश्रो…
बुटवल, ४ साउन – तिलोत्तमा नगरपालिकाको नगरसभामा उत्पन्न विवादका सन्दर्भलाई लिएर नेपाल पत्रकार महासंघ रुपन्देहीले जारी गरेको प्रेस विज्ञप्तिप्रति नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले आफ्नोे गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन् । नगरसभामा उपस्थितिलाई लिएर विवाद उत्पन्न भएको र उक्त विवादका क्रममा…
काठमाडौं, ४ साउन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवासमा दुई नेताबीच कुराकानी भएको हो । अध्यक्षसँगको कुराकानीका लागि नारायणकाजी अपराह्न खुमलटार पुगेका हुन् । दुई नेताबीच…