काठमाडौं, २२ साउन – आइतबार झापामा छोराले चलाएको मोटरसाइकलबाट खसेर आमाको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिकाको नारायण चोक र बुद्धशान्ति गाउँपालिकाको जयपुर चोक जोड्ने सडकखण्डमा आइतबार साँझ भएको दुर्घटनामा अर्जुनधारा नारायण चोककी ६२ वर्षीया लक्ष्मीमाया कार्कीले ज्यान गुमाएकी हुन्…
काठमाडौँ, साउन २२- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूले आगामी आम निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने र पार्टी सरकारमा सहभागी हुने सम्बन्धमा छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको छलफलमा…
पाँचथर ,साउन २२- पाँचथरको फिदिममा एक १९ वर्षीया सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । फिदिम नगरपालिका–६ सिवाकी १९ वर्षीया करिना फागो (तुम्रोक)को उपचारका क्रममा गए राति फिदिमस्थित गणेशमान सिंह सामुदायिक अस्पतालमा मृत्यु भएको हो । शुक्रबार राति उक्त अस्पतालमा…
काठमाडौं, २२ साउन – हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘महापुरुष’को प्रदर्शन मिति घोषणा भएको छ । दुई औपचारिक पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनी षट्कोण आर्ट्सले कात्तिक ११ गतेलाई रिलिज डेट तय गरेको छ । फिल्म भाइटीकाको…
खोटाङ, २२ साउन – खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्र बनाएर गएको ५ मेग्नेच्युडको भूकम्पको क्षति आकलन सर्वेक्षण सुरु गरिएको छ । गत १५ साउनमा गएको भूकम्पका कारण पुगेको क्षतिको विवरण संकलनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले क्षति…
विराटनगर , साउन २२ – प्रदेश नं १ प्रदेशसभाको १० औँ तथा बजेट अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगन भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले आजदेखि अर्को सूचना जारी नभएसम्म प्रदेशसभाको चालु बैठक स्थगन भएको जानकारी दिए । यसअघि…
झापा, २२ साउन – झापाको कचनकवलमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका- ५ स्थित पाठामारी निवासी ५० वर्षीय सुकुरू गणेश रहेका छन् । आइतबार बिहान ११ बजे पाठामारी बजारबाट साइकलमा सवार गणेश घरतर्फ जाने…
चितवन , साउन २२ – चितवनमा पाँच जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गत आर्थिक वर्षमा यहाँ स्थायी बसोबास भएर रोजगारीका सिलसिलामा विदेश गएर उतैको नागरिक भएका उनीहरूले नेपालको नागरिकता परित्याग गरेका हुन् ।…
नेपालगन्ज, २२ साउन – कोहलपुरमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर २ की २५ वर्षीया प्रशाना आर्चायको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरीका अनुसार आचार्यको गत राति ११…
काठमाडौं, २२ साउन – महोत्तरीको भंगहामा नगरपालिका-१ मा ज्वाइँले सासु र श्रीमतीलाई मटीतेल खन्याएर आगो लगाएका छन् । शरीर जलेर घाइते भएका दुवै जनाको उपचार प्रादेशिक अस्पताल जनकपुरमा सम्भव नभएपछि काठमाडौं रेफर गरिएको छ । घरायसी विवाद हुँदा ज्वाइँले वृद्ध…