कास्की, कात्तिक ८- पोखरामा सामान्य विवादमा आज बिहान एक जनाको कुटपिटबाट मृत्यु भएको छ । पोखरा महानगरपालिका–५ प्रस्र्याङका ४५ वर्षीय अनिल पराजुलीको बिहान ४ः ३० बजे हत्या भएको प्रहरीले जनाएको छ । हत्या अभियोगमा प्रहरीले सोही ठाउँका अन्दाजी २३ वर्षीय…
मुस्ताङ, कात्तिक ८- धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा एकैदिन छ हजार ८५९ पर्यटक भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार तिहारको भाइटीका सकिएको पहिलो दिन राष्ट्रिय गौरवको (बेनी–जोमसोम) सडकमार्ग हुँदै उक्त सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन् ।…
नवलपुर (नवलपरासी), कात्तिक ८- नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–३ स्थित ब्रम्हस्थान नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएको छ । ब्रम्हस्थानबाट सुन्दर नारायणी नदी, चितवन राष्ट्रिय निकुञ्ज तथा सूर्यास्तको मनमोहक दृश्यावलोकन गर्न सकिने हुँदा यो क्षेत्र नयाँ पर्यटकीय गन्तव्यको रुपमा…
कार्तिक ८,भरतपुर । बिरामी अवस्थामा भेटिएका एक युवाको शुक्रबार राति मृत्यु भएको छ। बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार परिचय नखुलेका करिब ३५/३६ वर्षका पुरूषको उपचारका क्रममा भरतपुर सरकारी अस्पतालमा राति साढे १२ बजे मृत्यु भएको हो। ती व्यक्तिलाई इच्छाकामना गाउँपालिका…
काठमाडौँ, कात्तिक ८ – श्रद्धा, भक्ति र सम्पूर्ण तराईको साझा सांस्कृतिक प्रतिविम्बको पहिचानको रूपमा मनाइने छठ पर्व आजदेखि धार्मिक परम्पराअनुसार हर्षोल्लासका साथ मनाउँदैछ । सत्य, अहिंसाप्रति मानवको रूचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीहरूको महान चाड हो,…
काठमाडौँ, कात्तिक ८- काठमाडौँबाट दुई किशोरलाई पक्राउ गरेको छ। जेनजी आन्दोनलका क्रममा लुटिएको गोलीसहित प्रहरीले काठमाडौँबाट दुई किशोरलाई पक्राउ गरेको हो। हिजो (शुक्रबार) राति नरेफाँटबाट तीन थान गोलीसहित प्रहरी प्रभाग कोटेश्वरको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा बर्दिया…
काठमाडौँ, कात्तिक ८ – सरकारले चालु आवको हालसम्म तीन वटा प्रसारण लाइन निर्माणका लागि अनुमति प्रदान गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले भेरी करिडोरको बिजुली राष्ट्रिय प्रणालीमा जोडनका लागि महत्वपूर्ण मानिएको नलगाड मैनताडा प्रसारण…
त्रिवेणी (रुकुम पश्चिम ), कात्तिक ८ – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडकखण्डमा जिप दुर्घटना परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । शुक्रबार साँझ जिल्ला सदरमुकाम खलङ्गाबाट आठविसकोट नगरपालिका–२ स्यालाखदी जाँदै गर्दा रा१ज ४२२ नम्बरको जिप दुर्घटना हुँदा…
काठमाडौँ, कात्तिक ८ – प्रधानमन्त्री सुशीला कार्कीले ह्यात होटलको सेवा बन्द र कर्मचारी प्रवेशलाई निषेध गरिएको भन्ने सूचनाका सम्बन्धमा चासो व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले आजै ह्यात रिजेन्सी व्यवस्थापनसँग बिहान कुराकानी गरी जानकारी लिनुभएको प्रधानमन्त्रीको…
७ कात्तिक, रुकुमपूर्व- रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सिमानामा पर्ने झारमारेमा यात्रुबाहक जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार, अहिलेसम्म ७ जनाको शव फेला परिसकेको छ भने १० जना गम्भीर घाइते भएका छन् ।…