चितवन, वैशाख ३ – भरतपुरको बेलुवाका ५० जना कांग्रेसी नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । कांग्रेस माओवादीकरण भएको भन्दै उनीहरुले पार्टीको साधारण सदस्य पनि नरहने गरी आज शनिबार सामुहिक राजीनामा दिएका हुन् । स्थानीय अगुवा प्रकाश कँडेलको अगुवाईमा उनीहरुले…
पोखरा, ३ बैशाख- नेपाली कांग्रेसले पोखरा महानगरको मेयर र उपमेयरको लागि आवेदन खुलाएको छ । ४ बैशाख दिउँसो ४ बजेभित्र इच्छुकहरूले आफ्नो नाम महानगर समितिमा टिपाउनु पर्नेछ । कांग्रेस पोखराले सूचना जारी गरि आकांक्षी आफै उपस्थित भएर नाम दर्ता गराउनु…
चितवन, ३ बैशाख – नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले आगामी स्थानीय तह निर्वाचनमा नतिजा प्रतिकुल आए आफूहरूले जिम्मा नलिने बताएका छन् । भरतपुर महानगरपालिका प्रमुखको उम्मेदवार नेकपा (माओवादी केन्द्र)लाई छाड्ने केन्द्रीय निर्णय भएमा त्यस्तो निर्णय मान्न आफू तयार भएको…
खोटाङ, ३ बैशाख- १८ वर्षअघि व्यवसायिक रुपमा तरकारी खेतीमा लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको बाँझघरेका ईन्द्र श्रेष्ठलाई छिमेकीलेनै पत्याएका थिएनन् । बजारबाट तरकारी ल्याएर खाने गरिन्थ्यो तर त्यही तरकारी आफ्नै बारीमा फलाउन सकिन्छ भन्नेमा कसैको ध्यान गएको थिएन ।…
न्युयोर्क, ३ वैशाख- अमेरिको एरिजोनामा प्रहरीले एक व्यक्तिलाई आफ्नो फ्रिजमा कुकुर, बिरालो, चराचुरुङ्गीलगायत १८३ जनाबर भेटिएपछि पक्राउ गरेको छ । ४३ वर्षीय माइकल प्याट्रिक टर्ल्यान्डले केही जनावरहरूलाई जीवितै फ्रिज गरेको स्वीकार गरेको मोहावे काउन्टी शेरिफको कार्यालयले जनाएको छ । उनीमाथि…
हेमन्त केसी सुर्खेत, ३ बैशाख- जाजरकोट भेरी नगरपालिका–११ मेटालस्थित भेरी पुलबाट खसेर बिहीबार एक महिला घाइते भइन् । भेरी नगरपालिका–२ रिसाङकी ५२ वर्षीया देवि पुन जीर्ण पुलबाट खसेर गम्भीर घाइते भएकी हुन् । चौरजहारीबाट किनमेल गरेर घर फर्कने क्रममा उनी…
चितवन, बैशाख ३ – नेकपा (एमाले)का नेता महेश बस्नेतले राप्रपाका उपाध्यक्ष बिक्रम पाण्डेलाई चितवनमा सूर्य चिन्ह लिएर चुनाव लड्न आग्रह गरेका छन् । आज भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता बस्नतेले पाण्डेलाई यस्तो आग्रह गरेका हुन् । ‘मैले त अघिल्लो…
चितवन, ३ बैशाख- नेकपा (एमाले)का नेता महेश बस्नेतले सत्ता गठबन्धन टुट्ने अवस्थामा रहेको दावी गरेका छन् । भरतपुर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै बस्नेतले सत्ता गठबन्धन टुट्ने अवस्थामा पुगेकाले सरकारले स्थानीय तहको चुनाव सार्न खोजेको बताए । ‘सत्ताधारी गठबन्धन टुट्ने…
धनुषा, ३ चैत- जनकपुरधामका नगर सभापति मनोज साहले पाँच दलीय गठबन्धनले मेयर र उपमेयरका नेपाली कांग्रेसलाई छाडनु पर्ने अडान राखेका छन । मेयर र उपमेयर कांग्रेसलाई नदिए गठबन्धनबाट अलग्गिएर कांग्रेस एक्लै निर्वाचनमा लडने पनि उनले घोषणा गरेका छन् । ‘राजनीतिक…
रुपन्देही, ३ वैशाख- गत बुधबार राति एक युवतीको ‘शङ्कास्पद’ मृत्युपछि रुपन्देहीको तिलोत्तमास्थित जानकीनगर क्षेत्र अशान्त बनेको छ ।प्रहरीले तिलोत्तमा नगरपालिका–२ जानकीनगर बस्ने २८ वर्षकी अमृता खत्रीको विष सेवनबाट मृत्यु भएको प्रारम्भिक निष्कर्ष निकालिए पनि खत्रीका परिवार तथा आफन्तले हत्या गरिएको…