कास्की, ४ वैशाख- सरकारले आगामी जेठ २२ देखि २८ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको छ । दुई वर्षअघि हुनुपर्ने सो प्रतियोगिता कोरोनाका कारण स्थगन भएकामा हालै सम्पन्न मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशको राजधानी पोखरामा नवौँ संस्करणको राष्ट्रिय खेलकुद…
काठमाडौँ, ४ वैशाख- निर्वाचन आयोग र सबै राजनीतिक दलका गतिविधि आगामी स्थानीय तह निर्वाचन केन्द्रित रहेकाले मुलुकको वातावरण निर्वाचनमय बनेको छ । राजनीतिक दलका पछिल्ला प्रत्येक बैठक, छलफल, अन्तक्र्रिया र भेला निर्वाचनसम्बन्धी विषयमा केन्द्रित छ भने आयोगले निर्वाचनका लागि आवश्यक…
बझाङ, ४ वैशाख- जिल्लाको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र०१–००१च ००९५ नंको जीप वित्थडचिर गाउँपालिका–४ देउलेख बजार नजिकै गएराति दुर्घटनामा हुँदा एकजनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । मृत्यु हुनेमा विनोद बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलप्रसाद…
तनहुँ, ४ वैशाख- मादीसेती नदी किनारस्थित व्यास नगरपालिका–३ देउराली नगर बस्ती जोखिममा परेको छ । नदी कटानले ती क्षेत्रका करिब ४०० घरधुरी जोखिममा पर्ने जनाइएको छ । सो क्षेत्रमा समयमै तटबन्धन गर्नुपर्ने स्थानीवासीको माग रहेको छ । बस्ती जोगाउन नदीमा…
कावासोती, ३ वैशाख नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान विरोधीहरूले गणतन्त्रलाई उल्ट्याउन खोजेको भन्दै यो कुरा जनतालाई बुझाउन जरुरी रहेको बताउनुभएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुलीमा भएको पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले गठबन्धन…
काठमाडौँ, ३ वैशाख बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संविधान रक्षाका लागि गठबन्धन आवश्यक रहेको बताउनुभएको छ । नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड (नेको)द्वारा सञ्चालित मनमोहन मेमोरियल अस्पतालको १६औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उहाँले संविधान, सङ्घीयता…
सर्लाही, ३ वैशाख- आफूलाई मधेशका ठेकेदार ठान्नेहरूबाट मधेश मुक्त भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताए । शनिबार सर्लाहीको मलंगवामा एमाले जिल्ला कमिटीले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अब आफूलाई कसैले मधेशको ठेकेदार नठान्न…
सिरहा, ३ वैशाख सिरहा प्रहरीले प्रतिवन्धित लागू औषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ । गोलबजार नगरपालिका-६ डोहटयिाका २५ वर्षीय दिपेश रामलाई करिव २ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय…
–लरी चेन बेइजिङ वैशाख ३ वैशाख- चीनको नयाँ अन्तरिक्ष स्टेशनमा छ महिनापछि शनिबार तीन अन्तरिक्ष यात्रीे पृथ्वीमा अवतरण गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । यसको सीसीटीभीले रेकर्ड गरेको प्रत्यक्ष भिडियो चीनले सार्बजनिक गरेको छ । यो अन्तरिक्ष यात्रीको…
महेन्द्रनगर, ३ वैशाख – धामीझाँक्रीको भर पर्दा कञ्चनपुरको बेदकाटे नगरपालिका–६ मुसेपानीका ४२ वर्षीया रञ्चुला साउँदको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरीका अनुसार लामो समयदेखि बिरामी साउँदलाई झारफुक गर्न धर्मानन्द भट्ट र नारायणदत्त भट्ट…