काठमाडौं, १३ वैशाख- फेसबुकमार्फत साथी बनेकी युवतीका अन्तरंग तस्बिर सार्वजनिक गरिदिने भन्दै धम्की दिएको आरोपमा एकजना प्रहरी जवान पक्राउ परेका छन् । प्रहरीले साइबर ब्यूरोले प्रहरी जवान कृष्णकुमार यादवलाई पक्राउ गरेको हो । उनी धनुषास्थित बटेश्वर प्रहरी चौकीमा कार्यरत थिए…
काठमाडौं, १३ जेठ- हालसम्म मतगणना सम्पन्न भएका पालिकाहरुमा १४ हजार ४०७ जना महिला उम्मेदवार विजयी भएका छन् । आयोगका अनुसार कूल विजयी उम्मेदवारमध्ये महिलाको संख्या ४१.२१ प्रतिशत रहेको छ । हालसम्म देशभर पालिकाको प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य,…
चितवन, १३ जेठ- नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलो भन्ने स्थानमा ग्यास बोकेको बुलेटमा आगलागी भएको छ । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बुलेटमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । थप विवरण आउने क्रममा रहेको उनले बताए…
रुपन्देही, १३ जेठ- रुपन्देहीको भलवारीमा रहेको नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालयमा आगलागी भएको छ। आयल निगमको डिपोभित्र डिजल लोड गरेर बाहिर निस्कने क्रममा लु२ख २६५६ र लु२ख ५६८५ नम्बरको टयांकरमा आगलागी भएको प्रहरीले जनाएको छ। डिजल र पेट्रोल लोड…
-मोहन जोशी धनगढी, १३ जेठ- असारे विकासको परम्परामा ब्रेक लगाउँदै यस वर्ष समयमै बजेट कार्यान्वयन गर्ने घोषणा गरेको सुदूरपश्चिम प्रदेश सरकार सो प्रतिबद्धता कार्यान्वयन गर्न यस वर्ष पनि चुकेको छ । प्रदेश सरकारले असारे विकास पद्धतिलाई निरन्तरता दिने गरी १०…
म्याग्दी, १३ जेठ- मालिका गाउँपालिका–६ दुखु बेसीमा गोरू काट्दै गरेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही गाउँपालिका–६ दुखुबेसी बस्ने ५२ वर्षीय राम रोका लगायत छन् । उनीहरुलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । इलाका…
काठमाडौं, १३ जेठ- एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौं महानगरपालिकालाई उत्कृष्ट सहर बनाउनेलगायतका विषयमा नवनिर्वाचित मेयर बालेन साहसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले लोकप्रिय मतसहित काठमाडौंको मेयरमा निर्वाचित साहलाई बधाई दिँदै सफल कार्यकालको…
काठमाडौं, १३ जेठ- एमालेबाट काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार केशव स्थापितले नवनिर्वाचित मेयर बालेन साहलाई बधाई दिएका छन् । निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार बिहान बालेनलाई मेयरमा विजयी भएको घोषणा गरेपछि स्थापितले बधाई दिँदै आफूलाई अवसर दिने एमालेप्रति आभार व्यक्त गरेका छन्…
दार्चुला, जेठ १३- दार्चुलामा नेपाल–भारत जोड्ने गरी महाकाली नदीमाथि दुईवटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् । तुइन विस्थापनअन्तर्गत ती नदीमाथि पुल निर्माण गरिएको हो । व्याँस गाउँपालिका–६ बडुगाउँ र मालिकार्जुन गाउँपालिका–६ बाँकुमा झोलुङ्गे पुल निर्माण भएको हो । पुन…
महोत्तरी, जेठ १३- महोत्तरीको बर्दिबास नगरपालिकामा अब नगरप्रमुखले प्रयोग गर्दै आएका सरकारी गाडी बिरामी बोक्ने ‘एम्बुलेन्स’ बन्ने भएको छ । नवनिर्वाचित नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले बिहीबार पदभार ग्रहण गर्दै नगरपालिकाको सरकारी गाडी आफ्नो सवारीमा प्रयोग नगर्ने जानकारी दिनुभयो । “यसअघि नगरप्रमुखले…