चितवन, साउन १९ – भरतपुरको स्कुल अफ हेल्थ साइन्समा आगलागी भएको छ । स्कुलको स्टोरमा आज दिउँसो करिब ३ बजे आगलागी भएको हो । स्कुलका विद्यार्थी तथा अनेरास्ववियु क्रान्तिकारी स्कुल अफ हेल्थ साइन्सका निवर्तमान संयोजक तेज श्रेष्ठले करिब आधा घण्टाको…
काठमाडौं, १९ साउन – सरकारले मंसिर ४ गते एकै चरणमा देशभर प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गरेकोमा निर्वाचन आयोगले धन्यवाद दिएको छ । सरकारले तोकेको मितिमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित र पारदर्शी रूपमा निर्वाचन सम्पन्न गर्न…
काठमाडौं, १९ साउन – पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ९२६ जनाको परीक्षणमा गर्दा ७६० जनामा संक्रमित पुष्टि भएको हो । दुई हजार ५८९ जनाको पिसिआर परीक्षणमा…
काठमाडौं ,साउन १९ – सन् २०२२ को सात महिनामा झण्डै तीन लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कानुसार जनवरीदेखि जुलाई महिनासम्म हवाईमार्ग भएर दुई लाख ८५ हजार तीन सय ६३…
बझाङ,१९ साउन – बझाङ प्रहरीले साढे ११ किलो चरेशसहित एक जनालाई पक्राउ गरेको छ । बिहीबार सु.प.प्र. ०२००१ ख १११९ नम्बरको बसमा सवार दार्चुलाको शैल्यशिखर नगरपालिका-१ बारील बस्ने ४३ वर्षीय बिरेन्द्रबहादुर खडायतलाई चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको…
चितवन, साउन १९- चितवनमा आज थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार ५५ जनामा पीसीआर परीक्षण गर्दा १३ जनामा सङक्रमण पुष्टि भएको हो । सक्रिय सङ्क्रमितहरुमा भरतपुर महानगरपालिकाका ६२ जना, खैरहनी नगरपालिकाका एक जना,…
काठमाडौं, १९ साउन – निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूको कार्यकाल आगामी मंसिर २१ गतेसम्म कायम रहने जनाएको छ । निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गर्दै संसदको कार्यकाल मंसिर २१ गतेसम्म रहने जनाएको हो । आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले…
काठमाडौं, १९ साउन- नेपाल सरकारले सचिवहरूको सरुवा गरेको छ । सरकारले अर्थसचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालय तानेर जगेडामा राखेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले मरासिनीलाई जगेडामा राख्दै महिला बालबाबलिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई युवा तथा खेलकुद…
काठमाडौैं, १९ साउन- निर्वाचन आयोगले आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन गर्न आफूहरु सक्षम रहेको जनाएको छ । बिहीबार सरकारले आगामी ४ मंसिरबमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेलगत्तै आयोगले गरेको पत्रकार सम्मेलनमा आयोग प्रवक्ता शालिग्राम…
काठमाडौं, १९ साउन- वरिष्ठ संगीतकार रन्जित गजमेरलाई सम्मान गरिएको छ । नक्षत्र फाउन्डेशन र मेनुका मेमोरियल फाउण्डेसनले उनलाई सम्मान गरेको हो । दुई हप्ताका लागि मुम्बईबाट काठमाडौँ आएको अवसरमा वरिष्ठ संगीतकार गजमेरलाई डेढ लाख नेपाली रुपैयाँसहित सम्मान गरिएको मेनुका मेमोरियल…