चितवन, असोज ३१ – काठमाडौं महानगरकापालिकाका मेयर बालेन्द्र शाह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध चितवन प्रहरीमा राष्ट्रिय युवा संघ नेपाल चितवनले किटानी जाहेरी दिएको छ । उनीहरुसहित जेनजी आन्दोलनमा आगजनी, लुटपाट र तोडफोडमा संलग्न सबैलाई पक्राउ गर्न युवासंघले माग…
काठमाडौँ, असोज ३१ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका सङ्घको १५१औँ महासभामा सहभागी हुन आज जेनेभा प्रस्थान गर्नुभएको छ । टोलीमा राष्ट्रियसभाका सदस्यहरू गोपीबहादुर सार्की आछामी र मदनकुमारी शाह (गरिमा) सहभागी हुनुहुन्छ । यही कात्तिक २ गतेदेखि ६ गतेसम्म स्विट्जरल्याण्डको…
चितवन, ३० असोजः मलामी गएका युवा नारायणी नदीमा बेपत्ता भएका छन् । राप्ती नगरपालिका–६ बाट शव लिई देवघाटमा मलामी आएका २५ वर्षीय विजय चौधरी नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका नायब उपरीक्षक…
काठमाडौँ, ३० असोजः नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औँ केन्द्रीय कमिटी बैठकमा आज दोस्रो दिन १४७ जना केन्द्रीय सदस्यले आआफ्नो धारणा राख्नुभएको छ । ललितपुर, जावलाखेलमा जारी बैठकमा आज दोस्रो दिन १४७ जना केन्द्रीय सदस्यले अध्यक्ष केपी शर्मा ओलीले बुधबार…
काठमाडौँ, ३० असोजः सरकारले ११ मुलुकका नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्तअधिराज्य, संयुक्तराज्य अमेरिका र जापानका लागि नेपाली आवासीय राजदूतलाई आगामी कात्तिक २० गतेभित्र नेपाल…
३० असोज, चितवन- चितवनको रामनगरमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका-१ रामनगरस्थित सडकमा बा.प्र.०१-००१ प १६८४ नम्बरको बसले ग.२० प ८५५९ नम्बरको स्कुटरलाई बिहीबार दिउँसो ठक्कर दिएको थियो । सो क्रममा स्कुटर चालक गोरखा…
काठमाडौँ, ३० असोजः प्रधानमन्त्री सुशीला कार्कीले सहकारी पीडितहरूको समस्या समाधानका लागि पहल लिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिल सिन्हा, सहकारी मन्त्रालयका सचिव केदारनाथ शर्मा, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, सङ्कटग्रस्त…
काठमाडौँ, असोज ३०- सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको ९२ वर्षको उमेरमा निधन भएको छ । सन् १९५३ को सगरमाथा आरोहणमा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा शिखर आरोहण गरेका थिए । उक्त आरोहण दलमा भरियाका रूपमा…
झापा, असोज ३०- गौरादह नगरपालिका–९ स्थित सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर आज दिउँसो तीन बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय अञ्जु मगरका दुई छोरी सात वर्षीया सुष्मा, नौ वर्षीया स्वीकृति र निर्मला परियारकी ११ वर्षीया छोरी…
चितवन, असोज ३०- जाडो छल्न हिमालपारिबाट चरा आउन थालेका छन् । चितवन राष्ट्रिय निकुञ्जलगायत आसपासका सिमसार क्षेत्रमा हाँस प्रजातिका चरा आउन थालेका हुन् । हरेक वर्ष अक्टोबरमा आउने ती चरा गर्मी सुरु भएसँगै फर्कने गर्दछन् । नेपाल पन्छीविद् सङ्घ बागमती…