चितवन,बैशाख ४- सशस्त्र प्रहरी महानिरीक्षक (आइजीपी) राजु अर्यालले सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन क्षमतालाई अब केवल ‘तयारी’ मा मात्र सिमित नराखी ‘तत्काल परिचालन’ को रणनीतिमा लैजाने घोषणा गर्नुभएको छ । कुरिनटारस्थित सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयको २२…
चितवन, बैशाख ३ – राष्ट्रिय आर्थिक गणना २०८२ को स्थलगत तथ्यांक संकलन वैशाख २०८३ देखि ७ असार २०८३ सम्म चितवन जिल्लामा सुरु भएको छ। यसै क्रममा चितवन जिल्लामा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ । गणनाले उद्योग, व्यापार, सेवा क्षेत्र, निजी…
काठमाडौँ, वैशाख ३- प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सभापति पदमा नेपाली काँग्रेसका साँसद भरतबहादुर खड्काले उम्मेद्वारी दर्ता गर्नुभएको छ । बिहीवार संघीय संसद सचिवालयमा उहाँले उम्मेद्वारी दर्ता गराउनुभएको हो । नेपाली काँग्रेसले खड्कालाई सभापतिको उम्मेद्वार बनाउने निर्णय गरेको थियो ।…
काठमाडौँ, वैशाख ३ – आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान विभागले सम्भावित विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न विस्तृत आपत्कालीन कार्ययोजना सार्वजनिक गरेको छ । विभागले मनसुन अवधिभर मौसम पूर्वानुमान, बाढी पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै चौबिसै…
काठमाडौं, वैशाख ३- अर्थमन्त्री स्वर्णिम वाग्लेले वर्तमान संविधानप्रति सरकार पूर्ण प्रतिबद्धता रहेको बताएका छन् । आज बसेको अन्तर—सरकारी वित्तीय परिषद् तथा विषयगत समितिको बैठकमा बोल्दै उनले संविधानलाई इमान्दारीपूर्वक कार्यान्वयन गर्ने सरकारको नीति रहेको स्पष्ट पारेका हुन् । उनले संविधानका केही…
काठमाडौँ, वैशाख ३ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले कानुन विपरीत उठाउँदै आएको भर्ना र अन्य शुल्क फिर्ता गराउन निर्देशन दिएपछि अभिभावकहरुले नियमितरुपमा गुनासो टिपाउन थालेका छन् । मन्त्रालयको निर्र्देशन कार्यान्वयनका लागि लिखित रुपमा सबै स्थानीय तहलाई…
काठमाडैं, वैशाख ३ – रिलायन्स फाइनान्स लिमिटेड वि।सं। २०६६ सालदेखि नेपालमा सञ्चालन भइरहेको एक नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको राष्ट्रियस्तरको इजाजतपत्र प्राप्त वित्तीय संस्था हो। अनुभवी बैंकर्स तथा व्यवसायीहरूको समूहद्वारा प्रवर्द्धित यस संस्थाको मुख्य कार्यालय कमलादी, काठमाडौंमा रहेको छ। देशभर…
अमेरिका, वैशाख ३- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबिचको वार्तालाई राहतको अवसर सिर्जना गर्ने प्रयासको रूपमा वर्णन गरेका छन्। ट्रुथ सोसियलमा रहेको एक पोस्टमा ट्रम्पले लेखेका छन्, ‘इजरायल र लेबनानबिच केही सहजता सिर्जना गर्ने प्रयास भइरहेको छ। दुई नेताहरूले…
काठमाडौं,वैशाख ३ । अध्यागमन विभागले भिजिट भिसामा विदेश जाने नेपाली नागरिकको राहदानीमा प्रस्थान छापसँगै गैरकानुनी गतिविधि गर्ने कर्मचारीमाथि कारबाही गर्न छानबिन प्रकिया अघि बढाएको छ । भिजिट भिसामा विदेश जान लागेको एक नेपालीको राहदानीमा अध्यागमनको कर्मचारीले प्रस्थान छापसँगै ‘काम गर्न…
काठमाडौँ, वैशाख ३ – बैङ्ककस्थित नेपाली दूतावासले कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार गरेको छ । उद्धार गरिएका सबै स्वदेश फर्केका छन् । विभिन्न माध्यमबाट कम्बोडिया पुगेका उनीहरूलाई गैरकानुनी काममा लगाइएको जानकारी प्राप्त भएपछि कम्बोडियाली सरकारको सहयोगमा उद्धार गरी स्वदेश फर्काइएको…