Blog Page

  • Home
भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर ५ वर्षीय बालिकाको मृत्यु

भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर ५ वर्षीय बालिकाको मृत्यु

चितवन, असार ३२- भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोही अस्पतालमा कार्यरत कर्मचारी विकास मगरकी पाँच वर्षीया छोरी अञ्जनाको मृत्यु भएको हो । सोमबार दिउँसो ३ः५० बजेको…

सिँचाइमा क्षति पुग्दा बाँझिए खेतबारी

सिँचाइमा क्षति पुग्दा बाँझिए खेतबारी

काठमाडौँ , असार ३२- एक दशकअघि तमोर कोरिडोरको ट्रयाक खोल्ने क्रममा यहाँको टारी कुलो सिँचाइमा क्षति पुग्यो । आयोजनामा क्षति भएपछि कुम्मायक गाउँपालिका–४, शिवादोभानको फाँटमा पानी आउन छाड्यो । जसको असर खेतीमा पर्‍यो । तमोर कोरिडोरअन्तर्गत अन्यत्र कालेपत्रे भइरहँदा यहाँ…

कुन–कुन प्रदेशमा हुँदै छ आज भारीदेखि धेरै भारी वर्षा ?

कुन–कुन प्रदेशमा हुँदै छ आज भारीदेखि धेरै भारी वर्षा ?

काठमाडौं असार ३२ देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना छ । हल्कादेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ । विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका…

पहिरोमा पुरिएर श्रीमान श्रीमतीको मृत्यु

पहिरोमा पुरिएर श्रीमान श्रीमतीको मृत्यु

अर्घाखाँची ३१ असारः यहाँको भूमिकास्थान नगरपालिका–१० धनचौर तल्लोपाकुमा पहिरोले पुरिएर एक दम्पतीको मृत्यु भएको छ। आज बिहान करिब ९ बजेतिर घाँस काट्न र चिउरी टिप्न गएका स्थानीय ६६ वर्षीय गोबिन्द बुढामगर र उहाँकी श्रीमती श्यामकला बुढामगरको पहिरोले पुरिएर ज्यान गएको…

विपी राजमार्गमा राति १२ घण्टा यातायात सञ्चालनमा रोक

विपी राजमार्गमा राति १२ घण्टा यातायात सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक, ३१ असार:  विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी साउन १ गतेदेखि रातिको समयमा १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धुलिखेलमा सम्पन्न आजको सुरक्षा समिति बैठकले उक्त सडकखण्डको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म एक महिनाका लागि सडक सञ्चालनमा…

घट्यो पेट्रोलियम पदार्थको मूल्य

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ, ३१ असारः पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल ५ रुपैँयाले घटेको हो भने डिजेल १ रुपैयाँले घटेको हाे । बुधबारदेखि लागू हुनेगरी पेट्राेलियम पदार्थकाे मूल्य घटाइएकाे निगमले जनाएकाे छ ।

गण्डकीमा ७१ प्रतिशत रोपाइँ

गण्डकीमा ७१ प्रतिशत रोपाइँ

गण्डकी, ३१ असार गत आइतबार सम्ममा गण्डकी प्रदेशमा ७१ दसमलव ०३ प्रतिशत रोपाइँ भएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार ६६ हजार नौ सय हेक्टरमा रोपाइँ भइसकेको छ । सबैभन्दा बढी लमजुङमा ८६ दसमलब २२ प्रतिशत, कास्कीमा ७७ दसमलब…

कीर्तिपुरमा निर्माणाधीन सेफ्टी ट्यांकीमा डुबेर बालकको मृत्यु

कीर्तिपुरमा निर्माणाधीन सेफ्टी ट्यांकीमा डुबेर बालकको मृत्यु

असार, काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका-५, जाखामा निर्माणाधीन शौलालयको सेफ्टी ट्याङ्कीको पानी जमेको खाल्डोमा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ वर्षीय अभिषेक मगर रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाबाट ९० मेगावाट सञ्चालनमा : मन्त्री खडका

बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाबाट ९० मेगावाट सञ्चालनमा : मन्त्री खडका

काठमाडौँ, असार ३१ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट अवरुद्ध जलविद्युत् आयोजनामध्ये करिब ९० मेगावाट क्षमता बराबरको आयोजना सञ्चालनमा ल्याउन थालिएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुको सवालको जवाफ दिँदै मन्त्री खड्काले यस…

अब धरहरा बेलुकी ८ बजेसम्म खुल्ने, सार्वजनिक बिदामा पनि चढ्न पाइने

अब धरहरा बेलुकी ८ बजेसम्म खुल्ने, सार्वजनिक बिदामा पनि चढ्न पाइने

काठमाडौं,असार ३१- काठमाडौंस्थित धरहरा अबदेखि बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ । साउन १ गतेबाट धरहरा खुल्ने समयावधि थप हुने सहरी विकास मन्त्रालयका प्रवक्ता नारायण मैनालीले जानकारी दिए । उनका अनुसार, अब सार्वजनिक बिदाको दिन पनि…