सुर्खेत , २५ चैत- दैलेख नारायण नगरपालिकाको आर्थिक वर्ष ०७८/०७९ को वार्षिक नीति तथा बजेट कार्यक्रम पुस्तिकाको छपाईमा आर्थिक अनियमितताको आशंका गरिएको छ । एउटै किताब छपाईको मूल्य एक हजार तीन सय ४५ रुपैयाँ राखिएपछि अनियमितताको आशंका गरिएको हो ।…
चितवन, २५ चैत- प्रज्ञा–स्मृति प्रतिष्ठान नेपालको आयोजना र खेलकुद विकास परिषद् बागमती प्रदेशको साझेदारीमा यही चैत २६ गते साइक्लिङ म्याराथन प्रतियोगिता हुने भएको छ । प्रतिष्ठानले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताका बारेमा जानकारी गराएको हो । प्रतियोगिताका संयोजक…
चितवन, २५ चैत- जिल्लामा रहेका १६१ मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको छ । जिल्ला सुरक्षा समितिले निर्वाचनस्थलको निरीक्षण अनुगमनपछि स्थललाई वर्गीकरण गरेको हो । प्रमुख जिल्ला अधिकारी अस्मान तमाङका अनुसार पहिला भएका निर्वाचनमा देखिएका गतिविधि र अब हुनसक्ने…
भक्तपुर, २४ चैत- मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा आजबाट पुनः स्वास्थ्यबीमा सेवा सुरु भएको छ । सरकारले स्वास्थ्यबीमा वापतको रु नौ करोडको भुक्तानी गर्न ढिलाइ गरेपछि गत असोज १ गतेबाट बन्द भएको स्वास्थ्यबीमा सेवा ६ महिनापछि आजबाट…
ललितपुर, २४ चैत- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध नेपाल निर्माणका लागि निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । ललितपुर चेम्बर अफ कमर्सको दोस्रो वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले ठूलो राजनीतिक परिवर्तनपछि सार्वजनिक,…
महोत्तरी, २४ चैत- मुलुकमा स्थानीय तह निर्वाचनको राप बढिरहेकै बेला महोत्तरीको उत्तरीक्षेत्रमा भने सर्वसाधारण खानेपानी नपाइने चिन्तामा छन् । चैत सकिँदै गर्दा नै जिल्लाको उत्तरीक्षेत्रमा खानेपानीको सङ्कट बढेको छ । पानीका मुहान धमाधम सुक्न थालेपछि जिल्लाका उत्तरी क्षेत्रका बर्दिबास, भङ्गाहा…
बागमती, २४ चैत- मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा वर्डफ्लु रोग नियन्त्रण गर्न चेकपोष्ट स्थापना गरिएको छ । उक्त चेकपोष्टको आज बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री वसुन्धरा हुँमागार्इंले उद्घाटन गर्नुभयो । कुुखुरामा वर्डफ्लु रोग देखिएपछि त्यसको रोकथामका लागि चेकपोष्ट स्थापना गरिएको…
काठमाडाैं, २४ चैत- यस हप्ता लगातार चार दिन घटेको बजार पाँँचाैं दिन बिहीबार भने दोहोरो अंकले उकालो लागेको छ । ३५ दशमलब ६९ अंकले बजार उकालो लाग्दा २४ सय ६४ दशमलब ३६ बिन्दुमा आएर बजार बन्द भएको छ । बजार…
काठमाडौं, २४ चैत- सन् २००८ मा बनेको फिल्ममार्फत विनय श्रेष्ठ र नम्रता श्रेष्ठले नेपाली फिल्ममा पाइला टेके । डिजिटल फर्म्याटमा निर्माण भएको दोस्रो फिल्म भएकाले पनि यसले राम्रो चर्चा पायो । म्युजिक भिडियोमा निकै नाम कमाएका आलोक नेम्वाङले निर्देशन गरेको…
मलङ्गवा, २४ चैत- सर्लाहीको गम्हरियाबाट पाँच दिनदेखि हराइरहेका एक बालकको शव छिमेकीको घरको सेप्टिक ट्यांकीमा भेटिएको छ । मलङ्गवा नगरपालिका–१२ स्थित गम्हरियाबाट हराएका जितेन्द्र ठाकुरका अन्दाजी १० वर्षीय छोरा आकाश ठाकुर भनिने मिठुको शव आज बिहान छिमेकी जगदीश ठाकुरको सेप्टिक…