ललितपुर, ६ वैशाख ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले महाङ्काल गाउँपालिका–६ ठुला दुर्लुङ सिलिङ्गे बस्ने ५१ वर्षीय डिल्लीराम सिवाकोटीलाई सोमबार राति पक्राउ गरेको छ । सिवाकोटीले ती किशोरीलाई ललाई फकाई २०७८ भदौदेखि पटकपटक…
काठमाडौं, ६ वैशाख- प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा तीनजनालाई उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा बिर्तामोड नगरपालिका–९ ठेगाना भएका २२ वर्षीय अनुप मिश्र, काभ्रेपलाञ्चोक पनौति नगरपालिका–१ ठेगाना भएका २४ वर्षीय दिपेश…
बाजुरा, ६ वैशाख- आगामी शुक्रबार सुरु हुन लागेको एसईई परीक्षाको सम्पूर्ण तयारी बाजुरामा पूरा भएको छ । यसपटक बाजुराबाट तीन हजार दुई सय ६६ परीक्षार्थी एसईईमा सहभागी हुने भएका छन् । कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको माध्यमिक शिक्षा…
काठमाडौं, ६ वैशाख- विवेकशील साझा पार्टीले ललितपुरको मेयरमा उज्ज्वल कृष्ण श्रेष्ठलाई उठाने भएको छ । आज दिउँसो पत्रकार सम्मेलन गरी विवेकशीलले ललितपुर मेयरमा श्रेष्ठको नाम घोषणा गर्ने जनाएको छ । मेयर उम्मेदवारको घोषणा दिउसो २ बजे पाटन दरबार स्क्वायरमा गरिंदै…
जनकपुरधाम, ६ वैशाख- मधेस प्रदेशमा चुनावी तालमेल गर्न सत्तारुढ गठबन्धनलाई सकस भएको छ । प्रदेशका चुनावी तालमेल गर्न प्रदेश स्तरीय सत्तारुढ गठबन्धन दलको पटक–पटक वैठक बसे पनि अझै पालिका बाँडफाटमा सहमति जुटन सकेको छैन । सोमबार बसेको सत्तारुढ गठबन्धनले पहिलो…
अश्विन दानी वैशाख ६, गोरखा- गोरखामा चुनावी तालमेलका लागि कांग्रेस सभापति नन्दप्रसाद न्यौपानेको संयोजकत्वमा बनेको जिल्लास्तरीय संयन्त्रको बैठक १८ चैतदेखि औपचारिक रूपमा ६ पटक बसिसक्यो । तर, पटकपटक बसेको बैठकले सिट बाँडफाँटमा सहमति जुटाउन नसक्दा विनानिष्कर्ष बैठक टुंगिने गरेको छ…
कञ्चनपुर, ६ वैशाख- जङ्गली हात्तीको बथानबाट गाउँलाई जोगाउन शुक्लाफाँटा नगरपालिका–८ का तीन स्थानमा विद्युतीय साइरन जडान गरिएको छ । चुरे क्षेत्र नजिकैको बस्तीमा जङ्गली हात्ती छिरेर नोक्सान पु¥याउन थालेपछि साइरन जडान गरिएको हो । “बस्ती नजिकै हात्ती देख्ने बित्तिकै जडान…
सांघाइ, ६ वैशाख- चीनको सांघाईमा कोभिड–१९ बाट थप सात जनाको मृत्यु भएको छ । संक्रमणबाट मृत्यु भएका व्यक्तिहरू ६० देखि १०१ वर्ष उमेर समूहका छन् । उनीहरूको स्वास्थ्यसम्बन्धी अन्य समस्या पनि रहेको बताइएको छ । यसअघि सोमबार अधिकारीहरूले सांघाइमा कोभिडबाट…
विशाल बस्नेत महोत्तरी, ६ वैशाख- सडक पिच गरेको २४ घन्टा नबित्दै धमाधम पिच उप्कन थालेपछि बर्दिबासस्थित खयरमाराका स्थानीय आन्दोलित भएका छन् । टेन्डर प्रक्रियाबाट युनिभर्सल कन्स्ट्रक्सनले ठेक्का पाएको लक्ष्मीनारायण माध्यामिक विध्यालयदेखि पोखरीसम्मको पिच उप्कन थालेकाे हाे । पिच गर्नेक्रममा ठेकेदारले…
काठमाडौं, ६ चैत- देशभर कुल कैदीबन्दीको संख्या २५ हजार ७२ रहेको छ । कुल कैदीबन्दीमध्ये १ हजार ३ सय ८४ जना विदेशी रहेका छन् । कारागार व्यवस्थापन विभागका सूचना अधिकारी रामचन्द्र सिवाकोटीका अनुसार अहिले देशका विभन्न जेलहरुमा १३ हजार ७३१…