भक्तपुर, १२ जेठ- बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी बिहीबार दिउँसो १२ बजेदेखि भक्तपुरवासीको घरमा धारामा खसेको छ । भक्तपुर नगरपालिकामा आजदेखि मेलम्चीको पानी वितरण सुरु गरेको छ । हाललाई कटुञ्जेस्थित खानेपानी ट्यांकीबाट भक्तपुर नगरपालिका वडा नम्बर १, २, ३, ४ र…
मोहन जोशी धनगढी, १२ जेठ- सुदूरपश्चिम प्रदेशमा चालू आर्थिक वर्ष सकिनै लाग्दा पुँजीगत खर्च ३० प्रतिशत मात्रै हुन सकेको छ । चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले पुँजीगततर्फ कुल १८ अर्ब १० करोड, ३० लाख ५५ हजार बजेट विनियोजन गरिएकोमा…
काठमाडौं, १२ जेठ- बुद्ध एयरले आगोले जलेर गम्भीर बनेकी महिलालाई नलिई काठमाडौं फर्किएको छ । बुधबार धनगढीबाट काठमाडौं थप उपचारका लागि आउने तयारीमा रहेकी बाजुराकी २३ वर्षीया लोकसरी कुँवरलाई बुद्ध एयर लिन नमानेको हो । बुधबार राति ७ः२५ बजेको फ्लाइटमार्फत…
काठमाडौं, १२ जेठ- चालु आर्थिक वर्ष २०७८/७९ को दश महिनाको अवधिमा नेपालले १ अर्ब २१ करोड ५२ लाख ५५ हजार रुपैयाँको फेसमास्क आयात गरेको छ । २०७८ साउनदेखि २०७९ वैशाखसम्मको अवधिमा उक्त मुल्य बराबरको मास्क नेपाल भित्रिएको भन्सार विभागले जनाएको…
हेटौंडा, १२ जेठ- पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आन्दोलन गर्दा पक्राउ परेका अनेरास्ववियुका नेताहरू रिहा भएका छन् । हेटौंडामा बिहीबार मकवानपुर बहुमुखी क्याम्पस अगाडि सडकमा सरकारी सवारीलाई आवतजावतमा रोक लगाउने क्रममा पक्राउ परेका विद्यार्थी नेताहरू रिहा भएका हुन् । अनेरास्ववियु स्थायी कमिटी सदस्य सन्तोष…
काठमाडौं, १२ जेठ प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले इपीजीको प्रतिवेदन बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै ओलीले इपीजीको प्रतिवेदन बुझ्न प्रधानमन्त्री देउवालाई आग्रह…
काठमाडौं, १२ जेठ- नाबालिग बलात्काको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पल शाहको मुद्दामा आज सुनुवाई नहुने भएको छ । उच्च अदालत पोखरामा बिहीबारको लागि पेशी तोकिए पनि सुनुवाई स्थगित भएको हो । उच्च अदालतका न्यायाधीश ऋषि राजभण्डारी र श्रीधरा कुमारी…
खोटाङ, १२ जेठ- विद्यालय जाँदै गरेकी खोटाङकी ९ वर्षीया छात्रामाथि बलात्कार प्रयास भएको छ । बुधबार बिहान विद्यालय जाँदै गरेको अवस्थामा खोटेहाङ गाउँपालिकाकी छात्रामाथि बलात्कार प्रयास भएको हो । कक्षा ५ मा अध्ययनरत बालिका विद्यालय जाँदै गरेको अवस्थामा घर नजिकै…
सुर्खेत, १२ जेठ- पहुँचविना हवाइ टिकट नपाइने हुँदा हुम्ला जान र आउन सर्वसाधारणले कष्ट भाेग्दै आएका छन् । यतायातका अन्य साधनकाे सहज पहुँच हुम्लामा नभएकाले एउटा टिकटका लागि समेत शक्ति केन्द्र धाउन सर्वसाधारण बाध्य छन् । त्यसमाथि पनि यहाँ निजी…
खड्क सुनार मुगु, १२ जेठ- बस दुर्घटनामा परी मृत्यु भएका परिवारलाई पाँच लाख रुपैयाँका दरले बिमा रकम हस्तान्तरण गरिएको छ । गत २६ असोजमा नेपालगञ्जबाट मुगु आउँदै गरेको यात्रुवाहक बस पिनाको तपने खोलामा दुर्घटना भएकाे थियाे । दुर्घटनामा परी ज्यान…