धनगढी,असोज २५- कैलालीमा एक युवकको बीभत्स हत्या गरिएको छ । घोडाघोडी नगरपालिका–८ मा गएराति २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या गरिएको छ । हत्या आरोपमा सोही वडाका १८ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गङ्गा बुढा क्षेत्रीलाई प्रहरीले पक्राउ…
काठमाडौँ, असोज २५- राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरूको उपस्थितिमा जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री कार्की र जेनजी प्रतिनिधिहरू शीतल निवास पुगेसँगै २० भन्दा बढी जेनजी प्रतिनिधिहरू छलफलमा रहेका छन्।
सुर्खेत,असोज २५- हुम्ला चंखेली गाउँपालिका–४ स्थित देशीखोलामा शुक्रबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक शंकर पोखरेलका अनुसार उक्त दुर्घटनामा अहिलेसम्म मृत्यु हुनेमा हुम्ला चंखेली गाउँपालिका ६ का अन्दाजी…
काभ्रेपलाञ्चोक, असोज २५- गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाउने कार्यलाई तीव्रता दिइएसँगै १९ स्थानमा ‘डाइभर्सन’ बनाएर अवरुद्ध राजमार्ग आजदेखि खुलाइएको छ । शुक्रबार साँझ क्षतिग्रस्त सम्पूर्ण खण्डमा ‘ट्रयाक’ खुलाएपछि परीक्षण गरी आज बिहानदेखि राजमार्ग पूर्ण…
काठमाडौं, असोज २५- राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी युवाहरुसँग आज गर्ने छलफलमा सहभागी हुन नपाएकाहरुले विरोध जनाएका छन् । शीतल निवास अगाडि भेला भएकाहरुले नाराबाजी समेत गरेका छन् । जेनजी युवाहरुको वार्ता टोलीलाई सहभागी नगराएर सुदन गुरुङको टोलीमात्र शितल निवासभित्र प्रवेश…
धनगढी असोज २५ डोटीमा आज बिहानै एउटा इभी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ बालबालिकासहित २१ जना घाइते भएका छन् । अछामबाट धनगढीका लागि छुटेको सु.प.प्र.०१००१ ख ३९५६ नम्बरको गाडी भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–२ मा दुर्घटनामा…
आज मिति वि.सं.२०८२ साल आश्विन २५ गते । शनिबार । ईश्वी सन् २०२५ अक्टोबर ११ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४७ । कार्तिक कृष्णपक्ष । तिथि–पञ्चमी, बेलुकी १० बजेर ३…
काठमाडौँ, २४ असोजः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी फागुन २१ गते हुने निर्वाचनको तयारी गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको सचिवालय बैठकले निर्वाचनको तयारीसँगै देशभर पार्टीका सबै जनवर्गीय सङ्गठन सक्रिय बनाउने निर्णय…
काठमाडौं, असोज २४ नेकपा एमालेको शुक्रबारबाट सुरू ५८औं सचिवालय बैठकमा सदस्यहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका छन्। मध्याह्नबाट सुरू सचिवालय बैठक शुक्रबार झन्डै ६ घन्टा चलेको थियो। बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु…
मुगु २४ असोजः यहाँको खत्याड गाउँपालिका–११ स्थित खत्याड खोलाले बगाउँदा आज एक महिलाको मृत्यु भएको छ । खोला तर्ने क्रममा चिप्लिएर खोलामा खसेकी डाडियामकी २२ वर्षीया बिष्णु रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अच्यूत आचार्यले जानकारी दिनुभयो ।…