आज वि.सं.२०८२ साल कार्तिक १३ गते । बिहीबार । ईश्वी सन् २०२५ अक्टोबर ३० तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४७ । कार्तिक शुक्लपक्ष । तिथि–नवमी, ५६ घडी ६ पला, रातको…
कात्तिक १२, काठमाडौं : सरकारले राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि २०८२ माघ ११ गते निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि आगामी माघ ११ गते आइतबारका दिन निर्वाचनको मिति…
चितवन, कात्तिक १२- जिल्लाका मौरी पालक किसानले मौरी चरनका लागि बाहिरी जिल्ला लैजान थालेका छन् । यहाँ मौरीका लागि चरनको अवस्था यो मौषममा नहुने भएकाले जिल्ला बाहिर लैजान थालेका हुन् । मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अङ्गाइका अनुसार अहिलेको…
सोलुखम्बु, कात्तिक १२- सगरमाथाको मुटुमा पर्ने लोबुचे आज बिहान केहीसमय हवाई त्रासमा रह्यो । हिउँले छोपिएको सगरमाथाको फेदमा अल्टिच्युट एयरको हेलिकप्टर अकस्मात् चिप्लिएर अवतरणस्थलमा ठोक्कियो । तर, समय बलियो थियो, यो दुर्घटनाले मानवीय क्षति भएन । आज बिहान ८ः१५ बजे…
काठमाडौँ, कात्तिक १२- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका विद्युत्मन्त्री मनोहरलाल खट्ठरबीच भेटवार्ता भएको छ । अन्तरराष्ट्रिय सौर्य गठबन्धनको आठौँ महासभामा भाग लिन नयाँ दिल्लीमा रहनुभएका घिसिङ र भारतीय समकक्षी खट्ठरबीच…
त्रिवेणी (नवलपरासी), कात्तिक १२ नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारीको अनुमति प्राप्त भएको छ । योसँगै पर्यटन व्यवसाय फस्टाउनुका साथै पर्यटन प्रवर्द्धन हुने विश्वासमा यहाँका पर्यटन व्यवसायी उत्साही बनेका छन् । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले नवलपुर पर्यटन…
काठमाडौँ, कात्तिक १२ – सरकारले सार्वजनिक संस्थानको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरी प्रभावकारिता र कार्यकुशलता अभिवृद्धि गर्नु जस्ता विषयलाई प्रमुख चुनौतीका रुपमा चित्रण गर्दै सुधारको मार्गचित्र सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयले सार्वजनकि गरेको ‘सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति, २०८२’…
१२ कात्तिक, काठमाडौं । बुधबार सुनको भाउ प्रतितोला ७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ३७ हजार…
भद्रपुर (झापा), कात्तिक १२ – दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको…
काठमाडौँ कार्तिक १२ हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका…