चितवन मेडिकल कलेजकी छात्राले पंखामा झुण्डीएर गरिन् आत्महत्या

  • Home
  • -
  • Banner
  • -
  • चितवन मेडिकल कलेजकी छात्राले पंखामा झुण्डीएर गरिन् आत्महत्या
चितवन मेडिकल कलेजकी छात्राले पंखामा झुण्डीएर गरिन् आत्महत्या

चितवन, २७ वैशाख
चितवन मेडिकल कलेजकी बिडिएस अध्ययनरत एक छात्राले आत्महत्या गरेकी छिन् । भरतपुर महानगरपालिका वडा नं. १० स्थित सप्तगण्डकी चोकमा आफु सुत्ने कोठाको सिलिङ पंखामा सलको पासो लगाई झुण्डीएकी हुन् ।

पाल्पाको रामपुर नगरपालिका वडा नं. ४ घर भई पोखराको नदीपुरमा बस्दै आएकी हाल भरतपुरमा बसोबास गरी चितवन मेडिकल कलेजमा दन्त चिकित्सक चौथो बर्षमा अध्यनरत छात्रा २३ वर्षिया सिम्रन थापा कोठामा पंखामा झुन्डिएको अवस्थामा मृत फेला परेको चितवन प्रहरीले जनाएको छ । आज बिहान १० बजेबाट चलेको परीक्षामा सहभागी थापा करिव साँढे ११ बजे तिर कोठामा फर्किएकी थिईन् । उनीसँगै कोठामा बसी एउटै कक्षामा पढ्ने दुईजना साथीहरू परीक्षा सकेर दिउँसो १ः२० बजे कोठामा फर्किदा थापा झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर भएको थियो ।

सप्तगण्डकी चोकको गंगावहादुर थापाको घरको पहिलो तलाको तीन वटा कोठा भाडामा लिएर थापा र उनका साथीहरू बस्ने गरेका थिए । “हामी आउदाँ बाहिर पट्टिको जाली ढोकामा चुकुल लगाएको रहेछ, धेरै बोलायौं चिच्यायौ तर चुकुल नखोलेपछि बरण्डा तर्फबाट झ्यालमा गएर हेर्दा झुन्डिएको देख्यौं ” उनकी साथीले भनिन् । “जाँच दिन जानु अघि अरु बेला भन्दा अलि मुड अफ चाहिँ देखेको थिएँ,अरु खासै कुरा भएको थिएन” भावविह्वल मुद्रामा उनकी साथीले भनिन् ।

कोठामा सँगै बस्ने तीनै जना ओरल मेडिसिनको परीक्षा दिन कोठाबाट बिहान १० बजे अघि निस्किएका थिए । प्रहरीले घटनाको छानविन गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *