२७ भाद्र,धरान । धरानस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्न पसेका चार जनाको जलेर मृत्यु भएको खुलेको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक जीवन कुँवरका अनुसार मृतकहरू सामान चोर्न भित्र पसेका थिए, त्यतिबेले अर्को अराजक भीडले सुपरमार्केटमा आगो लगाइदियो र…
२७ भदौ, काठमाडौं । साढे ११ हजार कैदीबन्दी अझै फरार भएका छन् । देशभरका २६ वटा कारागारबाट भागेकामध्ये केही कैदीबन्दी कारागार फर्किए पनि अझै ११ हजार ४६१ कैदीबन्दी फरार नै रहेको कारागार व्यवस्थापन विभागका निर्देशक चामेन्द्र न्यौपानेले बताए । २६…
२७ भदौ, काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भदौ २३ र २४ घटना र भ्रष्टचार विरुद्धमा फरक– फरक दुई शक्तिशाली आयोग बनाएर जाने पक्षमा रहेको बताएका छन् । महामन्त्री थापाले सामाजिक सञ्जालमा पार्टीको धारणा राख्दै भने, ‘हामी दमन र विध्वंस…
२७ भदौ, काठमाडौं । ललितपुरको नक्खुस्थित कारागार प्रशासनले जेनजी आन्दोलनको क्रममा जेलबाट फरार भएकाहरुलाई अविलम्व सम्पर्कमा आउन अनुरोध गरेको छ । कानुनी प्रक्रिया तथा विधिको पूर्ण परिपालना गर्न कारागार प्रशासनले सार्वजनिक अपिलसमेत गरेका छन् । जेनजी आन्दोलन हिंसात्मक बन्दै गएपछि…
२७ भदौ, काठमाडौं । सोमबारको जेनजी प्रदर्शनबाट मृत्यु भएका शवको पोस्टमार्टम सुरु भएको छ । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डाक्टर गोपाल चौधरी ९ वटा शवको पोस्टमार्टम प्रक्रिया सुरु भएको जानकारी दिए । हालसम्म विभागमा ३६ वटा शव पुगेका…
२७ भदौ, काठमाडौ । राष्ट्रिय मानव अधिकार आयोगले नयाँ सरकार गठन प्रक्रियामा चासो र चिन्ता प्रकट गरेको छ । मानव अधिकार आयोगले एक विज्ञप्ति जारी गरी ‘लोकतान्त्रिक मूल्यमान्यता र कानुनी शासनको जगमा निकास निकाल्न उचित हुने’ दृष्टिकोण अघि सारेको छ…
२७ भदौ, काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपतिले पहल गरिरहेको भन्दै विधिको…
२७ भदौ, काठमाडौं। जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले मृतकको संख्या ५१ पुगेको बताए । जसमा काठमाडौं उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरुको पनि जोडिएको छ । तीन प्रहरी, एक…
भैरहवा (रुपन्देही), भदौ २७ – देशमा शान्ति र सद्भाव कायम गर्ने उद्देश्यका साथ भैरहवामा शान्ति र सद्भाव र्याली सम्पन्न भएको छ । लुम्बिनी प्रेस क्लबको संयोजन र विभिन्न सङ्घसंस्थाको आयोजनामा भएको ¥यालीमार्फत देशमा भइरहेको ‘जेनजी’ आन्दोलनपछि शान्ति कायम गर्न आह्वान…
२७ भदौ, काठमाडौं । देशभर भएको आन्दोलन एवम् प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघले गहिरो दुःख व्यक्त गरेको छ । साथै महासंघले देशैभर निर्वाध पेसा, व्यवसाय गर्न सक्ने वातावरण बनाउन समेत आह्वान गरेको छ । आन्दोलनका क्रममा…