नारायणगढ–बुटवल सडक निर्माण ढिलो गरेको भन्दै गैँडाकोटमा चक्काजाम

  • Home
  • -
  • Banner
  • -
  • नारायणगढ–बुटवल सडक निर्माण ढिलो गरेको भन्दै गैँडाकोटमा चक्काजाम
नारायणगढ–बुटवल सडक निर्माण ढिलो गरेको भन्दै गैँडाकोटमा चक्काजाम

चितवन, २५ भदौ
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड निर्माणको काम ढिलो गरेको भन्दै गैँडाकोटमा स्थानीयले चक्काजाम गरेका छन् । सोमबार गैँडाकोट–२, पुलचोकनजिक इलाका प्रहरी कार्यालय गैँडाकोटअगाडि स्थानीयले करिब १ घन्टा चक्काजाम गरेर बिरोध जनाएका हुन् ।

छिटो काम गर्न दबाब दिनका लागि सडक अवरूद्ध गरिएको स्थानीयहरुले बताएका छन् । स्थानीयहरुले सडक निर्माणमा सरोकारवालाले चासो नदेखाएको भन्दै टायर बालेरसमेत विरोध गर्दै सडक अवरूद्ध गरेका हुन्।

प्रहरी निरीक्षक हस्तबहादुर सुनारले सडक निर्माण पक्षलाई बोलाएर छलफल गराउने भनेपछिअवरूद्ध सडक स्थानीयले खोलेका छन् ।

नारायणगढ–बुटवल सडक निर्माण समयमा नहुँदा यात्रुले सास्ती व्यहोर्नु परेको छ। सडक खण्डमा दुर्घटना समेत हुने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *