भरतपुरमा नाबालिकालाई यौनजन्य क्रियाकलापमा लगाउने तीन जनाको उद्धार दुई जना पक्राउ,

  • Home
  • -
  • Banner
  • -
  • भरतपुरमा नाबालिकालाई यौनजन्य क्रियाकलापमा लगाउने तीन जनाको उद्धार दुई जना पक्राउ,
भरतपुरमा नाबालिकालाई यौनजन्य क्रियाकलापमा लगाउने तीन जनाको उद्धार दुई जना पक्राउ,

चितवन, जेठ १७

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल एक नम्बर गेट अगाडिको एक होटलबाट यौनजन्य क्रियाकलापमा लगाइएका दुई नाबालिकासहित तीन महिलाको उद्धार गरिएको छ । उनीहरुलाई न्यु फेमिली होटल एण्ड लजबाट चितवन प्रहरीले बुधवार उद्धार गरेको हो ।

नाबालिकाहरुलाई यौनजन्य क्रियाकलापमा संलग्न गराएको आरोपमा प्रहरीले होटल सञ्चालक अप्सरा ढकाल र समन्वयकर्ता कुमारी गुरुङलाई पक्राउ गरेको रिजालले बताए । होटल सञ्चालक ढकालका श्रीमान भरत भनिने भक्तविलास घिमिरे फरार रहेको उनले बताए । फरार रहेका घिमिरेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

उद्धार गरिएका महिलाहरुलाई संरक्षण केन्द्रमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । उद्धार गरिएका दुई नाबालिकाको उमेर १५ वर्ष रहेको छ भने एक महिलाको उमेर ३० वर्ष रहेको छ ।

चितवन जिल्ला अदालतबाट सात दिनको म्याद लिएर घटनाको अनुसन्धान गर्ने काम भइरहेको रिजालले जानकारी दिए । होटलमा काम लगाइदिन्छु भनि विभिन्न प्रलोभन देखाएर नाबालिकाहरुलाई यौनजन्य क्रियाकलापमा संलग्न गराएको कुरा प्रारम्भिक अनुसन्धानबाट खुलेको रिजालले बताए ।

पक्राउ परेकाहरुमाथि मानव बेचविखनविरुद्धको मुद्धा दर्ता गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *