कांग्रेसका नेता एवम् पूर्व मन्त्री बलराम पौडेलको दुर्घटनामा मृत्यु

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • कांग्रेसका नेता एवम् पूर्व मन्त्री बलराम पौडेलको दुर्घटनामा मृत्यु
कांग्रेसका नेता एवम् पूर्व मन्त्री बलराम पौडेलको दुर्घटनामा मृत्यु

चितवन माघ१७
नवलपुरको गैंडाकोटमा बसले ठक्कर दिँदा कांग्रेसका नेता एवम पूर्व मन्त्री बलराम पौडेलको मृत्यु भएको छ ।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार गैंडाकोटको कालीगण्डकी चोकमा उनी सवार मोटरसाइकललाई बसले ठक्कर दिँदा पौडेलको घटनास्थलमा नै मत्यु भएको हो ।

बुधबार बिहान ग १ ख ८५४७ नम्बरको बसले पौडेल सवार ना ४६ प ७७५९ नम्बरको मोटरसाइकल लाई कालीगण्डकी चोक नजिकै राजमार्गमा ठक्कर दिँदा पौडेलको घटनास्थलमै मृत्यु भएको हो ।

भरतपुर महानगरपालिका वडा नं. १७ विजयनगर घर भएका ६६ वर्षका पौडेल २०७८ पुस ९ गते बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री भएका थिए ।

उनी कांग्रेसको महासमिति सदस्य हुन् । पौडेललाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पौडेलको शव भरतपुर अस्पतालमा राखिएको छ । उनको छोरा विदेश रहेकोले नेपाल आएपछि मात्रै अन्त्येष्टि गरिने कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *