नवलपुरमा श्रीमानले गरे सुतिरहेकी गर्भवती श्रीमतीको हत्या

  • Home
  • -
  • Banner
  • -
  • नवलपुरमा श्रीमानले गरे सुतिरहेकी गर्भवती श्रीमतीको हत्या
नवलपुरमा श्रीमानले गरे सुतिरहेकी गर्भवती श्रीमतीको हत्या

नवलपुर, ७ माघ
नवलपुरको हुप्सेकोटका हुप्सेकोट गाउँपालिका ६ बिरुखर्कका ३३ वर्षका शेरबहादुर लम्कामगरले ३४ वर्षीया गर्भवती श्रीमती चनिसरा लम्कामगरको हत्या गरेका छन् ।

आज बिहान एक बजे शेरबहादुरले घरमै सुतिरहेकी श्रीमती कोदालो र खुर्पा प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ ।

श्रीमती को हत्या आरोपमा प्रहरीले शेरबहादुरलाई पक्राउ गरेको छ । हत्याको कारण भने खुलेको छैन ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *