रत्ननगर नगरपालिकाले शिक्षकहरुको सरुवा गरेपछि विद्यार्थीहरु आन्दोलनमा

  • Home
  • -
  • Banner
  • -
  • रत्ननगर नगरपालिकाले शिक्षकहरुको सरुवा गरेपछि विद्यार्थीहरु आन्दोलनमा
रत्ननगर नगरपालिकाले शिक्षकहरुको सरुवा गरेपछि विद्यार्थीहरु आन्दोलनमा

चितवन, १९ भदौ
चितवन जिल्लाको रत्ननगर नगरपालिकाले शिक्षकहरुको सरुवा गरेपछि नेपाल माध्यमिक विद्यालयका विद्यार्थीहरुले आन्दोलन गरेका छन् ।

नगरपालिकाले भदौ १३ गते ३६ जना शिक्षकहरुको सरुवा गरेपछि सो विद्यालयका विद्यार्थीहरुले आन्दोलन गरेका हुन्।

शिक्षक सरुवाको विरोधमा उक्त विद्यालयका विद्यार्थीहरुले र्‍यालीसहित आज नगरपालिका पुगेर ‘नयाँ सर चाहिँदैन, पुरानो सर लान पाइँदैन’ भन्दै नाराजुलुस गरेका हुन् ।

तीन दिनअघि सरुवा रोक्न दिएको ज्ञापनपत्रमा सुनुवाइ नगरेपछि विद्यार्थीले स्वस्फूर्त आन्दोलन गरेको एक शिक्षकले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *