रवि लामिछानेका गाडी चालक तीन तला माथिबाट खस्दा गम्भिर घाईते

  • Home
  • -
  • Banner
  • -
  • रवि लामिछानेका गाडी चालक तीन तला माथिबाट खस्दा गम्भिर घाईते
रवि लामिछानेका गाडी चालक तीन तला माथिबाट खस्दा गम्भिर घाईते

चितवन बैशाख ०४

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेको गाडी चालक घरको तेस्रो तलाबाट खसेर गम्भिर घाइते भएका छन् ।

आज (सोमबार) बिहान करिब ४ बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित भाडामा बसेको लामिछानेको घरको छतबाट खस्दा निजका चालक सिन्धुपाल्चोक बार्हबिसे नगरपालिका–३ का ३९ वर्षिय शम्भु भन्ने दिल बहादुर थापाको खुट्टा र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

गम्भिर घाईते भएका थापाको पुरानो मेडिकल कलेजका उपचार भइरहेको प्रवक्ता पण्डितले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।उनी छतबाट खसेका, हामफालेको वा अन्य कुनै कारणले हो भन्ने बारेमा एकिन हुन सकेको छैन ।लामिछानेलाई लिएर थापा आइतबार तनहुँको दमौली पुगेका थिए भने आज बारा जाने कार्यक्रम थियो । बिहान भरतपुरका विभिन्न स्थानमा घरदैलो गर्ने कार्यक्रम थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *