चितवन–२ मा एमालेले रामप्रसाद न्यौपानेलाई उठाउने

  • Home
  • -
  • Banner
  • -
  • चितवन–२ मा एमालेले रामप्रसाद न्यौपानेलाई उठाउने
चितवन–२ मा एमालेले रामप्रसाद न्यौपानेलाई उठाउने

चितवन, चैत १७ –
चितवन क्षेत्र नं–२ मा आगामी बैशाख १० गते हुन लागेको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा नेकपा एमालेले जिल्ला पार्टी अध्यक्ष रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ ।

एमाले क्षेत्रीय कमिटीले न्यौपानेको एकल नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो । जिल्ला कमिटीको आज बसेको बैठकले पनि सर्वसम्मत रुपमा न्यौपानेको नाम प्रदेश कमिटीमा सिफारिस गरेको हो ।

न्यौपानेको नाम प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीमा पुग्ने छ । केन्द्रले उपनिर्वाचनमा मनोनयन दर्ता गर्नका लागि टिकट दिनेछ । मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा क्षेत्र नं ३ बाट उम्मेदवारी दिएका न्यौपानेको उम्मेदवारी एमाले अध्यक्ष केपी ओलीले काठमाडौँबाटै फिर्ता लिएका थिए।

चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सभापति रवि लामिछाने र नेपाली कांग्रेसले पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठलाई उमेदवार बनाउने निर्णय गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *