सप्तगण्डकी क्याम्पसमा अनेरास्ववियुबाट महेश सापकोटा स्ववियु अध्यक्षको उम्मेदवार

  • Home
  • -
  • Banner
  • -
  • सप्तगण्डकी क्याम्पसमा अनेरास्ववियुबाट महेश सापकोटा स्ववियु अध्यक्षको उम्मेदवार
सप्तगण्डकी क्याम्पसमा अनेरास्ववियुबाट महेश सापकोटा स्ववियु अध्यक्षको उम्मेदवार

हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, फागुन २४ –
सप्तगण्डकी बहुमुखी क्याम्पसमा स्ववियु अध्यक्ष उम्मेदवारमा अनेरास्ववियुले महेश सापकोटालाई उठाउने भएको छ ।

आज बसेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सप्तगण्डकी क्याम्पस कमिटीको बैठकमा सापकोटालाई स्ववियु  अध्यक्षको उम्मेदवार बनाउन सर्वसम्मत निर्णय गरिएको हो ।
क्याम्पस कमिटीका अध्यक्षसमेत रहेको सापकोटा क्याम्पसमा विद्यार्थीहरुमाझ निकै लोकप्रिय विद्यार्थी नेता हुन् ।

विद्यार्थीहरुमाझ आफ्नो प्रभुत्व जमाउन सफल, मिलनसार स्वभावका सापकोटालाई स्ववियु अध्यक्षको प्रमुख दाबेदारका रुपमा हेर्न थालिएको छ । अनेरास्ववियुले अन्य पदका लागि उम्मेद्वारको नाम टुंगाइसकेको छैन ।

सप्तगण्डकी बहुमुखी क्याम्पसबाट वातावरण विज्ञानमा बीएस्सी गरेका सापकोटा अहिले क्याम्पसमा ग्रामीण विकासमा एमए अध्ययनरत छन् ।

माडी नगरपालिका–७ देवेन्द्रपुरमा विसं २०५४ सालमा जन्मिएका सापकोटाले एसएलसी होलीभिजन स्कुल र प्लस २ वाल्मीकि शिक्षा सदनबाट पास गरेका थिए ।

क्याम्पसमा १३ वटा संगठनहरुले आफ्नो नाम दर्ता गराएका छन् । चितवनका १८ वटा क्याम्पसमा संगठन दर्ता भइसकेको छ । २ वटा क्याम्पसमा २६ गते संगठन दर्ता हुनेछ । स्ववियु निर्वाचन त्रिवि अन्तर्गतका क्याम्पसमा चैत्र ५ गते देशभर एकसाथ गर्ने समयतालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *