इच्छाकामनाको शिक्षा शाखामा तालाबन्दी, अनेरास्ववियु चितवनको आपत्ति

  • Home
  • -
  • Banner
  • -
  • इच्छाकामनाको शिक्षा शाखामा तालाबन्दी, अनेरास्ववियु चितवनको आपत्ति
इच्छाकामनाको शिक्षा शाखामा तालाबन्दी, अनेरास्ववियु चितवनको आपत्ति

चितवन, माघ ११ –
चितवनको इच्छाकामना गाउँपालिकाको शिक्षा शाखामा नेपाली काँग्रेस निकट शिक्षकहरुको संस्था नेपाल शिक्षक संघले लगाएको तालाबन्दी प्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) चितवनले आपत्ति जनाएको छ ।

शुक्रबार अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्यले फेसवुकमा स्टाटस लेख्दै उक्त घटना प्रति आपत्ति जनाएका हुन् ।

उनले भनेका छन्, ‘विद्यार्थी संगठनले तालाबन्दीको अन्त्य भनेर अगाडि बढिरहेको छ । शिक्षक साथीहरुले तालाबन्दी लगाउनु अत्यन्तै दुखद छ । तुरुन्त खोलिहाल्नुस् । वार्ता र संवाद मार्फत सबै कुराहरू टुङ्गाउनुस् । तालाबन्दीको अन्त्य गर्नुस् ।’

उक्त तालाबन्दी प्रति नेपाल राष्ट्रिय शिक्षक संगठन इच्छाकामनाले पनि आपत्ति प्रकट गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *