बझाङमा ४.३ रेक्टरस्केलको भूकम्प

  • Home
  • -
  • Banner
  • -
  • बझाङमा ४.३ रेक्टरस्केलको भूकम्प
बझाङमा ४.३ रेक्टरस्केलको भूकम्प

काठमाडाैं, असोज २
बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १० बजेर ८ मिनेट जाँदा बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत भदौ ३० गते ताप्लेजुङको ल्होनाक आसपास केन्द्रविन्दू भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको केन्द्रले जनाएको छ ।

नेपाल हिमालय क्षेत्र भएकाले भूकम्पीय जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *