हेलिकोप्टर दुर्घटना : ‘एन्टीमोटम’ विधिबाट शव परीक्षण गरिने

  • Home
  • -
  • Banner
  • -
  • हेलिकोप्टर दुर्घटना : ‘एन्टीमोटम’ विधिबाट शव परीक्षण गरिने
हेलिकोप्टर दुर्घटना : ‘एन्टीमोटम’ विधिबाट शव परीक्षण गरिने

काठमाडौं, २४ साउन
नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौरमा बुधबार हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएकाका शव पहिचान गर्न केही दिन लाग्ने भएको छ ।

मृतक चिनियाँ नागरिकको ‘एन्टीमोटम’ विधिबाट परीक्षणका निम्ति विवरण संकलन गर्नुपर्ने भएकाले केही दिन लाग्ने त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का फेन्सिक मेडिसिन विभाग प्रमुख डा. गोपालकुमार चौधरीले जानकारी दिए ।

उनका अनुसार, जलेर पाँचै शव चिन्न नसकिने अवस्थामा छन् । एन्टीमोटम परीक्षणका निम्ति परिवारले नमुना तथा विवरण उपलब्ध गराएपश्चात् ‘म्याचिङ’ थालिनेछ ।

एन्टीमोटम विधिमा मृतकको औँठाछाप, दाँतको मेडिकल रिपोर्ट र अरू शारीरिक विवरणका आधारमा शव पहिचान गरिन्छ । यसरी सम्भव नभएमा डीएनए परीक्षणमार्फत पहिचान गर्नुपर्ने हुन्छ ।

बुधवार दिउँसो काठमाडौंबाट रसुवाका निम्ति उडेको एयर डाइनेस्टीको ९एन–एजेडी हेलिकोप्टर सूर्यचौरमा दुर्घटना हुँदा पाइलट अरुण मल्लसहित चार चिनियाँ नागरिकको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *