बेपत्ता हेलिकोप्टर दुर्घटनामा, नेपाली पाइलटसहित चारजना चिनियाँ नागरिक थिए

  • Home
  • -
  • Banner
  • -
  • बेपत्ता हेलिकोप्टर दुर्घटनामा, नेपाली पाइलटसहित चारजना चिनियाँ नागरिक थिए
बेपत्ता हेलिकोप्टर दुर्घटनामा, नेपाली पाइलटसहित चारजना चिनियाँ नागरिक थिए

रसुवा, २३ साउन
नुवाकोटमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेको छ । शिवपुरी ७ मा रहेको एक डाँडामा ठोक्किएर हेलिकोप्टर दुर्घटनामा परेको बताइएको छ ।

एयर डाइनेस्टीको हेलिकोप्टरमा चारजना चिनियाँ नागरिक रहेको कम्पनी स्रोतले जानकारी दिएको छ । काठमाडौंबाट स्याफ्रुबेसी जाँदै गरेको हेलिकोप्टर दुर्घटनामा परेको जनाइएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीका अनुसार एकजना नेपाली पाइलटसहित चारजना चिनियाँ नागरिक रहेको हेलिकोप्टर दुर्घटनामा परेको सूचना प्राप्त गरेको बताउँदै उद्धारका लागि टोली जाँदै गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *