नवलपरासीका कारागार प्रशासक कर्णविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • नवलपरासीका कारागार प्रशासक कर्णविरुद्ध भ्रष्टाचार मुद्दा दायर
नवलपरासीका कारागार प्रशासक कर्णविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडाैं, साउन १६
कारागार कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का कारागार प्रशासक (शाखा अधिकृत) विनोदकुमारदत्त कर्णविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

घुस रकमसहित पक्राउ परेका कर्णविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनका अनुसार ​चोरी मुद्दामा कैद भुक्तान गरिरहेका व्यक्तिलाई माफी मिनाहाका लागि सहजीकरण गरिदिने भन्दै कर्णले घुस मागेका थिए ।

उक्त सूचनाका आधारमा आयोगको टंगालबाट खटिएको टोलीले उनलाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा कर्णले चौकीदारलाई पदबाट हटाउने र अरु कुनै सुविधा नदिने तथा माफी मिनाहाको लागि सिफारिस गर्दा असहयोग गर्ने चेतावनी दिएको पाइएको थियो ।

साथै उनले उपहार स्वरूप ५ हजार मूल्य पर्ने जुत्ता र १ लाख २६ हजार ४ सय पर्ने एलईडी टेलिभिजन गरी जम्मा १ लाख ३१ हजार ४ सय रुपैयाँ लिएको पुष्टि भएको थियो ।

कर्णले १ लाख ३१ हजार ४०० रुपैयाँको सामान र १ लाख ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आयोगले उनीविरुद्ध १ लाख ५० हजार रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर गरेको छ । यसका साथै १ लाख ३१ हजार ४ सय रुपैयाँ बराबरको बिगो जफतको मागदाबी पनि आयोगले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *