टी-२० विश्वकप: दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दियो

  • Home
  • -
  • Banner
  • -
  • टी-२० विश्वकप: दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दियो
टी-२० विश्वकप: दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दियो

काठमाडौं असार ०१

आईसीसी ट्वान्टी–२० विश्वकपमा नेपालले दक्षिण अफ्रिकाबाट ११६ रनको लक्ष्य पाएको छ ।

शनिबार वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित आर्नोस खेल मैदानमा स्पिनर चम्किएपछि टस हारेर ब्याटिङमा आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभर ब्याटिङ गर्दा सात विकेट गुमाएर ११५ रन बनाएको हो ।

कप्तान एडेन मार्क्रमले २२ बलमा १५ रन बनाए । उनले २ चौका प्रहार गरे । क्वीन्टन डी ककले ११ बलमा १० रन जोडे । उनले एक चौका हिर्काए ।

नेपालका लागि कुशल भुर्तेलले ४ विकेट हात पारे । ४ ओभर बलिङ गर्दै उनले १९ रनमात्र दिए । त्यस्तै, दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । ४ ओभर बलिङ गर्दै उनले मात्र २१ रन खर्चिए । यस खेलमा कम्ब्याक गरेका सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चिए पनि विकेट भने लिन सकेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *