आज २०८१ साल जेठ ११ गते शुक्रवार, यस्तो छ तपाईको राशिफल

  • Home
  • -
  • Banner
  • -
  • आज २०८१ साल जेठ ११ गते शुक्रवार, यस्तो छ तपाईको राशिफल
आज २०८१ साल जेठ ११ गते शुक्रवार, यस्तो छ तपाईको राशिफल

आज मिति २०८१ जेठ ११ गते | शुक्रवार २४ मे २०२४। ज्येष्ठ कृष्णपक्ष प्रतिपदा तिथि, १९ः१४ बजेपछि द्वितीया। अनुराधा नक्षत्र, १०ः१९ बजेपछि ज्येष्ठा। चन्द्रराशि वृश्च

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । यात्रामा मालसामान हराउन सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ । नयाँ कार्यको योजना बन्नेछ । शत्रुमाथि विजय मिल्ने समय छ । रमाइलो यात्राको योग पनि छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय रहला । नयाँ व्यक्तिसँग भेटघाट पनि हुनेछ । विश्वासपात्रले काममा साथ दिनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्राविधिक काममा सफलता प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । प्रेमीको सहयोग पनि प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफन्तसँग मनमुटाव बढ्ने तथा गलत आश्वासन बाँड्नाले समस्या आउन सक्छ । सवारी साधन सँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज रमाइलो यात्राको योग रहेको छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेममा मधुरता छाउनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) घरायसी कार्य अगाडि बढ्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । सफल यात्राको योग पनि छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् शुभकार्यको चर्चा चल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज सानातिना समस्यामा अल्झनुपर्नेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । व्यापार व्यवसायमा पनि मन्दी आउनसक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज लक्ष्मी प्रसन्न हुने योग छ । सामाजिक, धार्मिक कार्यमा रुचि बढ्नेछ । प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ । राज्यबाट मान सम्मान पनि पाइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । आफ्नो कार्य सम्पादनमा सहजता मिल्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ ।

राशिफल जे जस्तो भएपनि तपाईको दिन मङ्गलमय रहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *