चितवनबाट फर्केलगत्तै प्रचण्डले संसद्‌को अवरोध हटाउन संवाद शुरू गर्ने

  • Home
  • -
  • Banner
  • -
  • चितवनबाट फर्केलगत्तै प्रचण्डले संसद्‌को अवरोध हटाउन संवाद शुरू गर्ने
चितवनबाट फर्केलगत्तै प्रचण्डले संसद्‌को अवरोध हटाउन संवाद शुरू गर्ने

काठमाडाैं  बैशाख ३१, 

सभामुख देवराज घिमिरेले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग फोन वार्ता गरी सरकारको नीति तथा कार्यक्रम सम्बन्धमा छलफल गरेका छन् । उनीहरूबीच राजनीतिक सहमतिका लागि प्रधानमन्त्रीबाट भएका प्रयास र संसद्‌को तयारीबारे छलफल भएको प्रधानमन्त्रीको सिचवालयले जनाएको छ ।

संवादमा प्रधानमन्त्रीले राजनीतिक सहमतिका लागि प्रमुख प्रतिपक्षी दलसँग छलफल भएको जानकारी दिएका थिए । उनले सत्ताघटक दलहरूसँग पनि विपक्षीका मागबारे छलफल भएको र आज साँझसम्म निष्कर्षमा पुगिने उल्लेख गरे।

प्रधानमन्त्रीले आफू चितवनबाट फर्केलगत्तै संवाद शुरू गर्ने बताए । उनले राष्ट्रपतिसँग भएको छलफलबारे पनि सभामुखलाई जानकारी गराएका थिए ।

सभामुखले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकसँग हिजो छलफल गरेका थिए । उनले नीति तथा कार्यक्रम र बजेटलाई राजनीतिक दाउपेचभन्दा टाढै राख्न सुझाव दिएका थिए । उनले नीति तथा कार्यक्रम संसदभन्दा बाहिरबाट ल्याउने परिकल्पना र अभ्यास नभएको उल्लेख गर्दै राजनीतिक सहमतिमा जोड दिएका थिए ।

सभामुखले नीति तथा कार्यक्रम र बजेटमा विगतका बिर्सनलायक घटनालाई पुनरावृत्ति नगर्न समेत दलहरूको ध्यानाकर्षण गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *