नारायणी नदी किनारमा आदिवासी जनजाति महोत्सवमा बनाइएका घरहरुमा आगोलागी

  • Home
  • -
  • Banner
  • -
  • नारायणी नदी किनारमा आदिवासी जनजाति महोत्सवमा बनाइएका घरहरुमा आगोलागी
नारायणी नदी किनारमा आदिवासी जनजाति महोत्सवमा बनाइएका घरहरुमा आगोलागी

भरतपुर, चैत २६

नारायणी नदी किनारमा आदिवासी जनजाति महोत्सवमा बनाइएका घरहरुमा आगोलागी भएको छ ।

आगोलागीबाट सबै घरहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आदिवासी जनजाति समुदायको कला, संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले नारायणी नदी किनारमा विभिन्न जात जातिका ११ वटा घर बनाइएको थियो । यी घरहरु सबैमा आगो फैलिएको थियो ।

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय परिषद् चितवनको आयोजनामा नारायणी नदी–किनारमा चैत्र ९ गतेदेखि २१ गतेसम्म सांस्कृतिक महोत्सव भएको थियो । आगोलागीको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *