कांग्रेसले माग्यो गृहमन्त्रीको राजीनामा र संसदीय छानबिनको माग

  • Home
  • -
  • Banner
  • -
  • कांग्रेसले माग्यो गृहमन्त्रीको राजीनामा र संसदीय छानबिनको माग
कांग्रेसले माग्यो गृहमन्त्रीको राजीनामा र संसदीय छानबिनको माग

काठमाडाैं चैत ६,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समितिको माग गरेको छ । सहकारी ठगीमा लामिछानेको संलग्नता नरहेको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफप्रति असन्तुष्ट कांग्रेसले संसदीय छानबिनको माग गरेको हो ।

मंगलवार प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डको जवाफपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले लामिछानेविरुद्ध सहकारी ठगीका कयौँ प्रमाण रहेको भन्दै संसदीय छानबिन गर्न प्रस्ताव गरेका हुन् ।

‘प्रधानमन्त्रीले रविविरुद्ध कुनै प्रमाण छैन भन्नु भएको छ, हामी पर्याप्त प्रमाण छ अत्यन्त ज्यादा प्रमाण छ भनिरहेका छौं । यसको छिनोफानो कसले गर्ने त ? संसदको अभ्यासमा भएको, संसदीय मान्यतामा स्थापित भएको यही सदन भित्र छानबिन समिति गठन गरौं ।’

लेखकले संसदीय छानबिनको कांग्रेस प्रस्तावलाई सदासयतापूर्वक लिन सरकारसँग आग्रह गरे ।

‘प्रधानमन्त्रीले कांग्रेसले संसदीय काम प्रभावित गरेको आरोप लगाउनु भयो । संसदको कामलाई अवरुद्ध गरेका छैनाैँ, यसरी गम्भीरतापूर्क कुरा उठाउँदा सरकारले सुनेन भने सरकार आफैँले संसद् अवरुद्ध गरेको मानिने छ,’उनले भने, ‘संसदभित्र निष्पक्ष छानबिनको वातावरण सुनिश्चित गराैँ ।’

निष्पक्ष छानबिनको वातावरण भनेर कांग्रेसले गृहमन्त्रीले राजीनामा दिनुपर्ने शर्त राखेको छ । यसअघि संसदीय छानबिन हुँदा आरोप लागेका मन्त्रीले राजीनामा गरेका थिए । लामिछानेबारे छानबिनको माग गर्दै कांग्रेसले संसद्मा नियमित रुपमा आवाज उठाइरहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *