मारेर गाडेको अवस्थामा भेटियो बाघ

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • मारेर गाडेको अवस्थामा भेटियो बाघ
मारेर गाडेको अवस्थामा भेटियो बाघ

नवलपरासी फागुन १३
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा एउटा बाघ मारेर जमिनमा गाडेको अवस्थामा फेला परेको छ । मध्यविन्दु नगरपालिका–१५ स्थित नवदुर्गा सामुदायिक वनमा एउटा भाले बाघ मृत फेला परेको चोरमारा रेन्ज पोस्टका वन अधिकृत दुर्गादत्त कँडेलले जानकारी दिए ।

“रोयल बेंगल टाइगर प्रजातिको भाले वयस्क पाटेबाघ गाडेको अवस्थामा पूर्वपश्चिम राजमार्गदेखि ५०० मिटर दक्षिण जंगलमा भेटिएको हो,” उनले भने, “स्थानीयले बाघ गाडेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।”

यसअघि, यही फागुन ४ गते मध्यविन्दु नगरपालिका–१०, अरुणखोला जंगल क्षेत्रमा भाले प्रजातिको पाटेबाघ मृत अवस्थामा फेला परेको थियो । आठ दिनको अन्तरमा सोही जंगल क्षेत्रमा अर्को पाटेबाघ मृत फेला परेको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *