चितवनको खैरहनीमा सोनीलाफाकप खुल्ला भलिवल प्रतियोगिता सुरु (फोटो/भिडियोसहित)

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • चितवनको खैरहनीमा सोनीलाफाकप खुल्ला भलिवल प्रतियोगिता सुरु (फोटो/भिडियोसहित)
चितवनको खैरहनीमा सोनीलाफाकप खुल्ला भलिवल प्रतियोगिता सुरु (फोटो/भिडियोसहित)

चितवन, फागुन ७ –
चितवनको खैरहनीमा सोनीलाफाकप खुल्ला भलिवल प्रतियोगिता एवम् सांस्कृतिक कार्यक्रम सुरु भएको छ ।

सोनीलाफा युवा क्लवको २९ औं वार्षिकोत्वसको अवसरमा एकल ब्यानरमा आयोजित सोनीलाफाकप खुल्ला भलिवल प्रतियोगिता एवम् सांस्कृतिक कार्यक्रम आजबाट सुरु भएको हो ।

कँकाली डाँडाको फेदिमा सुरु भएको कार्यक्रम ४ दिनसम्म चल्ने छ । कार्यक्रममा २० भन्दा बढी टिमबीच भलिवल खेल प्रतियोगितासहित विभिन्न सांस्कृतिक कार्यक्रमहरु हुनेछन् ।

भलिवल प्रतियोगिताको आज खैरहनी नगरपालिका प्रमुखले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै उनले सोनीलाफा युवा क्लवले भलिवल खेलको विकासमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएको स्मरण गरे । आफू बाल्यअवस्थामा हुँदा पनि यही ठाउँमा आएर सोनीलाफा युवा क्लवद्वारा आयोजित भलिबल प्रतियोगिता हेर्ने गरेको स्मरण गर्दै उनले यस कार्यक्रमलाई सदैव निरन्तरता दिइरहन क्लवलाई आग्रह गरे । यस भलिवल प्रतियोगितामा नगरपालिकाले सक्दो सहयोग गर्ने उनको भनाइ छ । नगरपालिका भलिवल खेलको विकास गर्नतर्फ लागिरहेको उनले बताए ।

क्लवका अध्यक्ष शेरबहादुर आले मगरले प्रतियोगिताको प्रथम हुनेलाई नगद ५० हजार रुपैयाँसहित ट्रफि र मेडल प्रदान गरिने छ । त्यसैगरी दोश्रो र तेश्रो हुनलाई क्रमशः नगद ३० हजार र १५ हजारसहित ट्रफि र मेडल प्रदान गरिने छ ।

थप कुरा भिडियोमा हेरौं ।

युट्युब :

https://www.youtube.com/watch?v=QKGK-vgvLxA&t=786s

फेसबुक :


फोटोफिचर :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *